काठमाडौँ: जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन्।
प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको सिफारिस अनुसार गृहमन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको हो।
हरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले केसीलाई गृहमन्त्रालयले निलम्बन गरेको जानकारी दिएका छन्।
सुनकाण्डमा मुछिएपछि नक्सालले प्रहरी नियन्त्रणमा रहेका केसीलाई निलम्बनका लागि गृहमन्त्रालयमा पत्राचार गरेको थियो।
केसीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित बुटवलबाट नियन्त्रणमा लिएको थियो।
Facebook Comments Box
