काठमाडौँ: त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्ववियु चुनाव हुने भएको छ।
बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्यार्थी (मतदाता) ले प्रतिनिधि चयनका लागि मतदान गर्नुपर्ने हुन्छ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ ।
त्रिविअन्तर्गत स्ववियु निर्वाचन तथा अनुगमन समिति सदस्य सचिव पशुपति अधिकारीका अनुसार सर्वसम्मत नेतृत्व चयन भएका क्याम्पसमा आज मतदान हुँदैछ।
२ आंगिक क्याम्पससहित केही सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी संगठनहरूको सहमतिमा स्ववियु कार्यसमिति चयन गरिएका थिए।
काठमाडौं उपत्यकाभित्र भने सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरू भागबन्डा गरी उम्मेदवार उठाएका छन्। उपत्यकाबाहिर भने केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी संगठनहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा पनि छ।
२०६५ देखि स्ववियु चुनाव हुन सकेको थिएन।
