काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ हजार बिन्दुमा पुगेको छ । बिहीबार ४३.०५ अंकले बढेर नेप्से ३०००.८१ बिन्दुमा पुगेको हो । आज १०५ कम्पनीको सेयरमूल्य बढ्दा १३७ कम्पनीको मूल्य घटेको छ ।
आज सेन्सेटिभ इण्डेक्स १६.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंक बढेको छ। आज ३३४ स्टकको ३ लाख ११ हजार ५३६ पटकको कारोबार २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जुन हालसम्म कै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।
बिहीबार ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९१ करोड ३३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावरको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको मूल्य घटेको छ । आज नेपाल फाइनान्सको मूल्यमा नकरात्मक सर्किट लागेको छ ।आज विन्ध्यबासिनी हाइड्रोपावरको ७.२, शुभम् पावरको ७.१, मिडसोलु हाइड्रोपावरको ६.२ तथा अपरहेवाखोलाको ५.६ प्रतिशत मूल्य घटेको छ ।