तनहुँको आँबुखैरनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसबाट उद्धार गरिएका १२ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत १२ जनालाई काठमाडौंको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार थप घाइते उद्धारका लागि हेलिकोप्टर पुनः घटनास्थलतर्फ गएको छ।
आज (भदौ ७ गते) बिहान अन्दाजी ११ः४० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस
तनहुँकोआबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो।
Facebook Comments Box
