काठमाडौं, मंसिर ११ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार अपराह्न भएको भेटमा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
भेटवार्ताका क्रममा भारत भ्रमणबाहेक मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
Facebook Comments Box

