काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रुपमा कार्यरत छन्। भ्रष्टाचार मुद्दा दायर भएसँगे उनी निलम्बनमा परेका छन्।
चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यस मुद्दामा परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्यलगायत प्रतिवादी छन्।
परियार मेयर बालेनले नै महानगर लगेका प्रशासकीय अधिकृत हुन्। उनी बालेनको विश्वासिला पात्र मानिन्छन्।
मुद्धाको फाइल पढ्न परे तलको लिंकमा क्लिक गर्नुहोस
https://drive.google.com/file/d/17DzACoBfgPkIBAb7fJMgTaQEP3geDrYh/view
