काठमाडौँ: सरकारको अनुमतिविना काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेस गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो ।
अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानुनविपरीत हुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतिविना काठमाडौं उपत्यका छाड्न नदिने निर्णय गरेको थियो ।
