काठमाडौँ: नेपालको पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पेले नेपालीहरूको महान चाड दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’उपहार योजना सार्बजनिक गरेको छ ।
असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जनाभन्दा बढिले पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।
। यस योजना अनुसार कुनै पनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मा गरि आर्कषक उपहारहरू जित्ने मौका पाइनेछ ।
इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट १०० रुपैयाँ वा सो भन्दा बढि रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागि हुनेछन् ।
पुरस्कारलाई बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्यगरि ६ वर्गमा विभाजन गरिएको छ ।अन्य उपहार जित्ने विजेताहरूको नाम प्रत्येक ३/३ दिनमा घोषणा गरिने जनाइएको छ ।
बम्पर, प्रथम, दोश्रो, तेस्रो र विशेष उपहार जित्ने ग्राहकहरुको नाम असोज २८ गते घोषणा गरिने छ। सबै विजेता गोलाप्रथा बाट घोषित गरिनेछ ।
इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागिसस्तो टिकट मार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् ।
यसैगरी प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रातदुई दिनकोप्याकेज प्राप्तगर्न सक्नेछन् । यसैगरी द्धितिय पुरस्कारमा दुई जनाले इसेवा पसलमा १० हजार रुपैयाँ बराबरको सपिङ भौचर तथा तृतिय पुरस्कारमा तीन जनाले टाइटनको घडि जित्न सक्नेछन् ।
यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१ रूपैयाँका दरले इसेवामा ब्यालेन्स्, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट,५ जनालाई २४ सय बराबरको मिडास इक्लास,५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई ५ सय रुपैयाँ बराबरको फुड कुपन प्रदान गरिने कम्पनीले जनाएको छ ।
यी पुरस्कार हरेक ३–३ दिनमा ५६ जनाका दरले वितरण गरिनेछ । पहिलो ३ दिनकाविजेताहरूको नामभने सोमबार घोषणा गरिसकिएको छ ।