काठमाडौँ : डलरसँग नेपाली रुपैयाँ पुन: कमजोर भई नयाँ रेकर्ड कायम भएको छ । केन्द्रीय बैंकले आज बिहिबार लागि प्रति अमेरिकन डलरको बिक्री दर ११७.६७ रुपैयाँ र खरीद दर ११७.०५ रुपैयाँ तोकेको छ । असोज ३ गतेको रेकर्ड तोड्दै आज नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको हो ।
असोज तीन गतेका लागि केन्द्रीय बैंकले प्रति अमेरिकन डलरको बिक्री दर ११७.०७ रुपैयाँ र खरीद दर ११६.४७ रुपैयाँ तोकेको थियो ।
बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ ।
अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो ।
यसरी उच्च रुपमा रुपैयाँ कमजोर हुँदा आयातित बस्तुको मूल्य बढ्न गई देशको ब्यापार घाटा बढ्न शुरु भईसकेको छ भने यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न जाने अर्थाशात्री बताउछन् ।
यसरी नेपाली रुपैयाँ कमजोर हुँदा आयातित् बस्तुको मूल्य बढ्न गई उपभोग्य बस्तुको मुल्यमा बढी चाप पर्न थाली सकेको उनीहरुको भनाई छ ।
तर नेपालमा भित्रिने ब्रिप्रेषणमा भने वृद्धि हुने छ ।