काठमाडौं: आरएसडीसी लघुवित्त वित्तीय संस्थाले जारी गरेको ६० प्रतिशत हकप्रद शेयर सम्बन्धित शेयरधनीका डिम्याट खातामा जम्मा गरेको जनएको छ।
संस्थाले आफ्नो शेयर अभौतिकीकरण गराएकाहरुको हकप्रद शेयर डिम्याट खातामा पठाइदिएको जनाएको हो।
तर अहिलेसम्म पनि डिम्याट नगरेका शेयरधनीको हकमा भने शेयर नपठाइएको उसले जनएको छ। उसले हकप्रद शेयर प्राप्त गर्न अनिवार्य रुपमा शेयरधनी डिम्याट अनिवार्य हुनु पर्ने जनाएको छ।
आरएसडीसीले गत असार ७ देखि साउन २० गतेसम्म २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सोही शेयर अहिले खातामा पठाइएको हो ।
यस्तै, संस्थाले गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले पांच प्रतिशत बोनस शेयर र ५ प्रतिशत नै नगद लाभांश दिन लागेको हो ।
आरएसडीसीले ६०% हकप्रदपछि कायम ५७ करोड ५९ लाख २० हजार रुपैयाँ चुक्ता पुँजीमा यो लाभांश दिन लागेको हो । ५% बोनस सेयरपछि आरएसडीसीको चुक्ता पुँजी ६० करोड ४७ लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा यस कम्पनीले ३ करोड ७७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।