काठमाडौँ: केहि दिनदेखि निरन्तर घटिरहेको पूँजी बजारमा आज सुधार आएको छ । आज शेयर बजार परिसूचक नेप्से ७ दशमलब ४३ अंकले बढेर एक हजार २२४ दशमलब ३६ अंकमा पुगेको छ । सोमबार नेप्से १० दशमलब ५६ अंकले घटेको थियो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक दशमलब ५८ अंकले बढेर २६० दशमलब ४३ अंकमा कायम भएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक २३ दशमलब ६७ अंकले, निर्जीवन बीमा २२ दशमलब ९९ अंकले र उत्पादन समूहको परिसूचक १३ दशमलब ०३ अंकले बढेको छ ।
त्यसैगरी, बाणिज्य बैक ९ दशमलब १२ अंक, विकास बैंक १० दशमलब २१ अंक र अन्य समूहको परिसूचक ५ दशमलब १३ अंकले बढेको छ ।
यधपी, जलबिधुत समूहको परिसूचकमा ५ दशमलब ४ अंकले, होटल १२ दशमलब ८२ अंक र लघुवित्त एक अंकले घटेको छ ।
नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार १२९ कारोबारबाट २२ करोड १८ लाख ४ हजार ४०६ रुपैयाँ बराबरका ९ लाख २४ हजार ६६५ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जना
सोमबार नेप्सेमा १६० कम्पनीहरुको ४ हजार ५३२ कारोबारबाट २४ करोड ९१ लाख ९६ हजार २७० रुपैयाँ बराबरका ९ लाख ८७ हजार ३२१ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।