Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कृषि विकास बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी फुयाल गाउंमा पूर्ण आधुनिक बैकिङ्ग सहित नयाँ शाखा खोलेको छ। कोभिड–१९ कारणले औपचारीक रुपमा कार्यलयको उदघाटन हुन नसकेपनि न्यूनतम अप्नाउनु पर्ने सावधानी अपनाई बैंकिङ्ग सेवा संचालनको शुभारम्भ गरिएको बैंकले जनाएको छ । उक्त सेवा संचालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत  अनिल कुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य मणीराम फुयाल, कागेश्वरी नगरपालीकाका मेयर कृष्ण हरी थापा, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाली कांग्रेश क्षेत्र नं २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाल लगायत स्थानीय विद्यालयका प्रधानअध्यापकहरु…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै दायर मुद्दामा सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आजको सुनुवाईमा गौतमका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने र उनीहरुको बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन् । अन्त्यमा निवेदकले जवाफ दिने समय पाउनेछन् । बहस नलम्बिए उक्त मुद्दाको फैसला आजै हुने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।  यसअघि गत बुधबार रिट निवेदकले बहस गरेका थिए । सोही दिन सरकारका तर्फबाट महान्यायाधिवक्तासहितले बहस गरेका थिए । सर्वोच्चले यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो ।

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सम्पन्न भएको छ । दुई नेताबीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको थियो । भेटवार्तामा दुई अध्यक्षबीच शनिबार चार बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति भएको छ । सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्ने नेकपा श्रोतले जनाएको छ । आजको भेटमा अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा ओलीले लामो समय राजदूत पद खाली राख्दा राम्रो सन्देश नजाने भएकाले सिफारिस गर्नुपरेको जवाफ दिएका थिए…

Read More

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै आफुलाई कोरोना भाइरस संक्रमण लागेको घोषणा गरेका छन् । ट्रम्प पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि विज्ञहरुले जारी गरेको निर्देशिकालाई ट्रम्पले सुरुवातमा मजाकमा उडाएका थिए । तर, निर्वाचन अभियानले तिव्रता पाइरहेका बेला उनी एक्कासी संक्रमित भए । यसअघि आफ्ना सहयोगी होप हिक्समा कोरोना संक्रमण देखिएपछि ट्रम्पले बिहीबार राति आफ्नो क्वारेन्टाइन बस्ने योजना सुनाएका थिए । उनले भाइरसको फैलावटलाई लिएर पनि हल्का टिप्प्णी गरेका थिए । ‘महामारी अन्त्य हुन लागेजस्तो देखिन्छ,’ कोरोनाका कारण भर्चुअल्ली आयोजना गरिएको वार्षिक अल स्मिथ डिनर…

Read More

काठमाडौँ: पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटिसकेकाे मौसमविद्ले शुक्रबार जानकारी दिएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ का पश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो। ‘मनसुन पश्चिमबाट क्रमशः बाहिरिँदै छ,’ महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले शुक्रबार बिहान भने, ‘त्यस क्रममा पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटेको हो।’ उनका अनुसार अब त्यता मनसुनी वर्षा हुँदैन। बाँकी प्रदेशमा भने अझै मनसुनी प्रभाव छ। महाशाखाले जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा भनिएको छ : २०७७ असोज १५ गते बिहीबार नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ मा गरिने भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोभिड–१९ को बढ्दो संक्रमणका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । कार्यकारिणी समिति बैठकले बिहीबार महासंघको वार्षिक साधारणसभा तथा निर्वाचन मिति तोकेको हो । गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार निर्वाचन गरिने उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । ‘चुनाव मंसिर ११ मै सुरु गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘गृह मन्त्रालयका अनुसार सबै स्वास्थ्य मापदण्ड पूरा गरेर गर्नुपर्ने भएकाले साधारणसभा सुरु भएर सकिन दुई/तीन दिन पनि लाग्न सक्छ ।’ गृह मन्त्रालयले २५ जनाभन्दा बढी…

Read More

एजेन्सी: लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा निर्धातिर समयमा कुनै पनि गोल हुन नसकेपछि पेनाल्टीमा आर्सनल ५–४ गोलअन्तरले विजयी भएको हो । पेनाल्टी सुटआउटमा आर्सनलका गोलकिपर बर्नाड लेनो नायक बने । उनले लिभरपुलका दुईवटा पेनाल्टी राके । त्यसपछि जो विलकले निर्णायक पेनाल्टीमा गोल गर्दै आर्सनललाई जीत दिलाए । आर्सनलका लागि मोहमद एल्नेनीले पेनाल्टी मिस गरे पनि लेनोले डेभिड ओरिगी र ह्यारी विल्सनको पेनाल्टी रोकेका थिए । चार दिनअघि मात्र प्रिमियर लिगमा लिभरपुलसँगै ३–१ गोलअन्तरले पराजित भएको आर्सनलको हिजोको प्रदर्शनबाट म्यानेजर मिकेल आर्टेटा खुसी देखिए ।…

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज शुक्रबार सेवा नदिने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोनाभाइरस संक्रमण देखिएपछि कार्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गरिएको हो। अब आइतबारबाट कार्यालय खुल्ने कार्यालयले निकालेको सूचनामा उल्लेख छ। परीक्षा नियन्त्रक जोशी होम आइसोलेसन बसेका छन्। विश्वविद्यालयका रोकिएका परीक्षा सञ्चालन गर्नेबारे गत असोज ६ मा भएको बैठकमा जोशी सहभागी थिए। उक्त बैठकमै सहभागी आइओएमकी डिनसमेत रहेकी प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाहमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो। शाहमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षण गरिएकोमा उक्त बैठकमै सहभागी जोशीमा पनि पोजेटिभ रिपोर्ट आएको हो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नियन्त्रणकको दैनिक…

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ । यसैगरी, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ । भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र…

Read More

काठमाडौं । सरकारले लोकसेवा आयोगबाट बाँकी रहेका परीक्षा सञ्चालन गर्न, नयाँ पदपूर्तिका लागि बिज्ञापन आह्वान गर्न अनुमति दिने निर्णय भएको छ । कोरोनाका कारण गत बैशाखमा रोकिएका प्रक्रियाहरु थाल्न लोकसेवा आयोगलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्ने गरी परीक्षा संचलान गर्न दिने बारे निर्णय भएको र यसकोबारे राजपत्रमा सूचना प्रकाशन गरिने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै, केही करका दर घटाउने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ अन्तर्गत रहेका करका दरहरु घटाउने निर्णय गरेको हो…

Read More