काठमाडौँ: कृषि विकास बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी फुयाल गाउंमा पूर्ण आधुनिक बैकिङ्ग सहित नयाँ शाखा खोलेको छ।
कोभिड–१९ कारणले औपचारीक रुपमा कार्यलयको उदघाटन हुन नसकेपनि न्यूनतम अप्नाउनु पर्ने सावधानी अपनाई बैंकिङ्ग सेवा संचालनको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।
उक्त सेवा संचालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य मणीराम फुयाल, कागेश्वरी नगरपालीकाका मेयर कृष्ण हरी थापा, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाली कांग्रेश क्षेत्र नं २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाल लगायत स्थानीय विद्यालयका प्रधानअध्यापकहरु तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा कृषि विकास बैंक प्रदेश कार्यालय बागममतिका प्रमुख सुन्दर प्रसाद खतिवडा, विभागीय प्रमुख अजय कुमार रिमाल, विभागीय प्रमुख तथा प्रबक्ता हिमलाल पौडल, कृषि विकास बैंक प्रदेश कार्यालय काठमाडौका छगेन्द्र आचार्य लगायत अन्य कर्मचारीहरु समेत उपस्थित रहेको थियो ।