Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » उद्योग वाणिज्य महासंघको चुनाव मंसिर ११ र १२ गते

    उद्योग वाणिज्य महासंघको चुनाव मंसिर ११ र १२ गते

    पहिलोक्लिकपहिलोक्लिकOctober 2, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ मा गरिने भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोभिड–१९ को बढ्दो संक्रमणका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

     

    कार्यकारिणी समिति बैठकले बिहीबार महासंघको वार्षिक साधारणसभा तथा निर्वाचन मिति तोकेको हो । गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार निर्वाचन गरिने उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

     

    ‘चुनाव मंसिर ११ मै सुरु गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘गृह मन्त्रालयका अनुसार सबै स्वास्थ्य मापदण्ड पूरा गरेर गर्नुपर्ने भएकाले साधारणसभा सुरु भएर सकिन दुई/तीन दिन पनि लाग्न सक्छ ।’

     

    गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । ‘पहिला सबै चुनाव एकै ठाउँमा हुन्थ्यो,’ उनले भनिन्, ‘अब हामीले तीन/चार वटा ठाउँमा गर्नुपर्ने पनि हुन सक्छ ।’ यसबारे निर्वाचन समितिसँग बसेर निर्णय गर्ने उनले बताइन् ।

     

    साधारणसभा जुम मिटिङमार्फत गर्न सुझाउँदै भेला भएर गर्न गृह मन्त्रालयले स्वीकृति दिएको छैन । ‘मंसिर ११ को साधारणसभाको उद्घाटन जुमबाटै गर्छौं,’ उनले भनिन्, ‘प्रमुख अतिथिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नेछौं ।’

     

    गृहले महासंघलाई असोज ९ मा पठाएको चिठीअनुसार निर्वाचनका क्रममा मतदान गर्दा एक पटकमा २५ भन्दा बढी जम्मा नहुने गरी सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य तथा सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

     

    महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिन ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । कार्यदलले महासंघको साधारणसभा भर्चुअल माध्यमबाट र निर्वाचनका कार्यक्रम काठमाडौंमा गर्न सिफारिस गरेको थियो ।

     

    महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन सुरुमा ०७६ चैत २८ र २९ गतेलाई तोकिएको थियो । त्यति बेला सरकारले कोभिड–१९ का कारण लकडाउन गरेपछि साधारणसभा तथा निर्वाचन रोकिएको थियो । जेठ ७ र ८ र त्यसपछि साउन २६ र २७ का लागि पनि मिति तोकिएको थियो ।

    Facebook Comments Box

    नेपाल उद्योग वाणिज्य महासंघ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.