Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कृषि क्षेत्रमा विदेशी लगानी ल्याउदा उच्चतम प्रविधि भित्राउने, स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरेरमात्र कार्यान्वयनमा लगिनु पर्ने माग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गरेका छन् । निजी क्षेत्रका छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल सरकारद्धारा पुष २० गते राजपत्रमा प्रकाशित गरेको कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यवस्थाका सम्बनधमा ध्यान केन्द्रीत गरेको हो । त्यसको विरोधमा विभिन्न कृषि उद्यमसंग सम्बन्धित संघसंस्थाले गरेको विरोधबारे नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको जनाएको छ । २०७५…
काठमाडौँ: अर्थमन्त्री विष्णु पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका सबै समस्या एउटै राउन्ड टेबलमा बसेर हल गर्न आफूले चाहेको अभिव्यक्ती दिनुभएको छ । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा सतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘सरकारले गर्नु पर्ने कामका बारेमा एउटै टबेलमा सबै बसेर समाधानको मार्ग पहिल्याउन सकिने छ । त्यसका लागि यहाँहरु तयार हुनु होला । अब गुनासो गर्ने होइन अग्रगामी रुपमा अगाडी बढ्ने हो,’ उहाँले राष्ट्रिय सहकारी महासंघको सोमबार भएको २८ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै भन्नुभयो ।…
काठमाडौँ: परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाउने विषयमा कुनै गृहकार्य नभएको जानकारी दिएको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले केही सञ्चार माध्यममा राजदूत फिर्ता बोलाउने गृहकार्य सुरु भएको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले त्यस्तो कुनै गृहकार्य नभएको जनाउँदै भ्रममा नपर्न आग्रह गरेको छ । ‘राजदूतहरू फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारबारे यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। उक्त समाचारमा कुनै सत्यता नभएको ब्यहोरा जानकारी गराइन्छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले उक्त समचारमा कुनै सत्यता नरहेको जनाएको छ।
काठमाडौं: नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता विवादमा संविधान, कानुन, ऐन र विधिको आधारमा निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी र कृष्णभक्त पोखरेल लिखित पत्र लिएर आयोग पुगेका थिए । ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन र विभाजन अघिको पार्टीको विधानमा जे लेखिएको छ, त्यसैआधारमा निर्णय लिनुहोस् भनेका छौं’, लिलामणि पोखरेलले भने । नेताहरुले केपी शर्मा ओलीलाई अध्यक्ष भनी सम्बोधन गरेको पत्र पठाएको र उक्त समूहले बुझाएको कागजपत्रलाई आधार बनाएको भन्दै आपत्ति जनाए । पार्टी विधान बमोजिम दुई तिहाइ बहुमत केन्द्रीय सदस्यहरुको बैठकले कारबाही गरिसकेको…
काठमाडौं: पछिल्ला दिनमा झ्याप्प-झ्याप्प विद्युत धेरै जाने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग जानकारी मागेको छ । कार्यालयमा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपाने, काठमाडौं उपत्यकाका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर विद्युत आपूर्तिको अवस्था र लाइन जाने क्रम बढेकोबारे जानकारी मागिएको हो । प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिव तोयनारायण, ऊर्जा सचिव दिनेश घिमिरे र प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले प्राधिकरणका अधिकारीहरूले गरेको ब्रिफिङ सुनेका थिए । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक शाक्यले विद्युत कटौतीबारे बढेको जनगुनासो सम्बोधनका लागि आफूहरुले चालेको कमदबारे प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइएको बताए । आफ्ना समस्याहरुबारे पनि…
काठमाडौँ: शेयर बजार परिसूचक नेप्से हालसम्मकै ऐतिहासिक उचाइमा पुगेको छ । अघिल्लो दिनको उच्च रेकर्ड ब्रेक गर्दै नेप्से सूचकले किर्तिमानी उचाई हासिल गरेको हो। अघिल्लो पुस २६ गते आइतबारको रकेर्ड तोड्दै सोमबार नेप्से ३.७० अंकले बढेर हालसम्मकै उच्च २२३९.४२ बिन्दुमा पुगेको हो । यसदिनको बजारमा २०८ कम्पनीको एक करोड ३५ लाख ६० हजार बढी कित्ता शेयर ५ अर्ब ५२ करोड ४८ लाख बराबरमा किनबे भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा कम हो । आइतबार ६ अर्ब ३२ करोड ६६ लाख बराबरको कारोबार भएको थियो । यसदिन कारोबारमा आएका धेरैजसो समुहका सुचक सकारात्मक रहे । व्यपार, होटल, उत्पादन, अन्य…
काठमाडौं: पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५८ हजार ९६८ जना संक्रमणमुक्त भएका छन् भने १९२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ३७३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३१४३ जना होम आइसोलेसनमा छन् भने १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
गोरखा: २९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहहरूले आज सार्वजनिक बिदा दिएका छन्। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्। गोरखा नगरपालिकाले तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछ। पृथ्वी जयन्तीको अवसरमा गोरखामा आज अन्तर्क्रिया, दौडलगायत कार्यक्रम छ। गोरखा संग्रहालयभित्र रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ। यस्तै राप्रपाले आज गोरखामा पृथ्वी जयन्ती मनाउँदैछ। राप्रपा अध्यक्ष कमल थापा उक्त कार्यक्रममा सहभागी हुँदैछन्।
डोल्पा: हिमाली जिल्ला डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित भएको छ । ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ। एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन्। जिल्लाको दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ। बारम्बार लाइन जाने गरेका कारण राम्ररी कुराकानी गर्न नसकिने गरेको स्थानीय बासिन्दा बताउँछन्। मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको बताए। सदरमुकाम दुनैको फोन सेवा काम नलाग्ने भएको छ, कैयौंपटक डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै…
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ । महाभियोग प्रस्तावका लागि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएको बीबीसीले उल्लेख गरेको छ । तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ। संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो। संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए। तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ। क्लाइबर्नले…
