काठमाडौं, मंसिर २ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लिएर कूटनीतिक तयारी तीव्र पारिएको छ।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्दै भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन्।
सिंहदरबारमा भएको भेटमा दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच हुने भेटवार्ता ऐतिहासिक तथा महत्त्वपूर्ण हुने बताएका छन्।
भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तयारी गरिरहेको उनको भनाइ थियो।
भेटमा प्रधानमन्त्री शाहले भारतीय राजदूतलाई सफल कार्यकालको शुभकामना दिँदै रसुवा–भोटेकोशी बाढीपछि भारतले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

