Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओ भोलि बिहान साढे ८ बजे क्यापिटलको कार्यालयमा बबरमहल काठमाण्डौंमा बाँडफाँड हुने भएको हो । आईपीओ बाँडफाँडका लागि क्यापिटलले प्रि अलटमेन्ट गरी स्वीकृतीका लागि नेपाल धितोपत्र बोर्डमा पठाइसकेको छ । बोर्डबाट स्वीकृति पपछि भोलि बिहान बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। इन्स्योरेन्सको आईपीओमा आवेदक गरेका १०० जनामध्ये ६९ जनाले शेयर नपाउने अवस्था देखिएको छ । १०० जनामध्ये ३१ जना आवेदकले मात्र शेयर पाउने तथ्याङ्क आएको छ । आलसम्मकै उच्च संख्याबाट आवेदक परेर रेकर्ड ब्रेक भएपछि न्यून संख्यामा मात्र…
काठमाडौँ: काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ । विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । घटनाबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘ग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ । ३ जना घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी छ ।’
काठमाडौँ: नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्। सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ केही मन्त्रीको जिम्मेवारी हेरफेर र तीन मन्त्रीको नयाँ नियुक्ति गरेका थिए।
काठमाडौँ: शिवम् सिमेन्टस् लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २८ गते, बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कूल २४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार कम्पनीले १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
मोरङ: मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक एक महिला र दुई पुरूष छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमित पुरुषको बुधबार राति र आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरूष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन्। असोज २१ गते रिपोर्ट पोजिटिभ देखिएका विराटनगरका पुरूषको आज बिहान ३:३० बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। ती पुरूषमा सुगरको पनि समस्या थियो । यस्तै गत सोमबार कोरोना पुष्टि भएका धरानका पुरूषको पनि मृत्यु भएको छ । उनको बुधबार राति ९…
काठमाडौँ: सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन गरेको छ। गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहलाई बुधबार यस्तो निर्देशन दिएको हो। पत्रमा मन्त्रिपरिषदको निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला र अति अशक्त नागरिकलाई भत्ता उपलब्ध गराउन भनिएको छ। केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तलाई भक्ता दिन रोक लगाइएको थियो। महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले यस्तो निर्देशन गरेको हो। पत्रमा आर्थिक वर्ष २०७७ ०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनिएको छ। ‘६० वर्ष ननाघेका विधवा एकल…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ तीन जना मन्त्री थप गरेका छन् भने दुई जनाको जिम्मेवारी हेरफेर गरिएको छ। प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी पनि फेरिदिएका छन्। पोखरेलको मातहतमा रहेको रक्षा मन्त्रालय आफूसँग राखेर ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेका छन्। पोखरेलको हातबाट रक्षा मन्त्रालय किन खोसियो भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका छन्। तर, प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेल निकटस्थहरु भने उनको जिम्मेवारी थपिएको बताउँछन्। पोखरेलसँग पटकपटक छलफल गरेरै ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेको पोखरेलका सचिवालयका एक सदस्यले जानकारी दिए। ‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच यस विषयमा पटकपटक छलफल भएको छ। सुरुमा मन्त्री हुँदा समेत प्रधानमन्त्रीले…
काठमाडौँ: लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी थालेको छ। राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव पद) को रिक्त स्थान पूर्तिका लागि आयोगले बुधबार ६ सय ३८ पदको लागि विज्ञापन प्रकाशित गरेको हो। कोरोना संक्रमण बढ्दै गए पनि आयोगले वार्षिक कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि वढाएको हो। विभिन्न सेवा समूहका सहसचिव र उपसचिवको खुला तथा बढुवा गरेर ६ सय ३८ पदको विज्ञापन प्रकाशित गरिएको आयोगले जनाएको छ। निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो। सरकारले असोज पहिलो साता नै रोकिएको परीक्षा सञ्चालन गर्न तथा…
काठमाडौँ: नेपाल टेलिकमले दशैँ, तिहार अफर ल्याएको छ। घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ। नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको छ। पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएको टेलिकमले जनाएको छ। फेस्टिभल अफर फेस्टिभल अफरका रुपमा दशैँ-तिहार र छठ पर्वलाई समेत समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराउनेछ। यसमा रिचार्ज…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहमतिबिना नै मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। प्रधानमन्त्री ओलीले रिक्त अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन् भने शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई ल्याएका छन्। महिला मन्त्रालयमा रहेका पार्वत गुरुङ्गलाई रिक्त रहेको सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्व दिएका छन्। तर मन्त्रालय र मन्त्री तोक्ने यी विषयमा आफूसँग कुनै सहमति नभएको पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको भनाइ छ। ‘मसँग कुनै सहमति लिइएको छैन,’ नेकपाका सचिवालयका एक सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै भने। प्रधानमन्त्री ओली र प्रचण्डबीच आज बुधबार पनि बालुवाटारमा साढे दुई…
