Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
- सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । खाना पकाउने ग्यास एलपी ग्यास उद्योगीले बुधबारदेखि गर्ने तय गरेको आन्दोलन स्थगित गरेका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले माग सम्बोधन गर्न १५ दिनको समय मागेसँगै आन्दोलन स्थगित गरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । संघका अनुसार बुधबारदेखि गर्ने भनिएका सबै आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरिएको छ । यसअघि संघले १९ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेको थियो । उद्योगीले चरणबद्ध आन्दोलन तयारी गरेसँगै मन्त्री भण्डारीले बुधबार उद्योगीलाई छलफलका लागि बोलाएका थिए ।
काठमाडौं: भ्रष्टाचार सूचकांकमा नेपालको एक स्थान खस्किएको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपालले झिनो सुधार गरेको हो । धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो । सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए ।
काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि लविङ सुरु गरेको छ । सर्वोच्चको एक फैसलाले २० हजार मेगावाट बराबरका जलविद्युत आयोजना प्रतक्षरुपमा प्रभावित भएको भन्दै उक्त फैसला पुनरावलोकन नगरे नेपालमा जलविद्युत आयोजना मात्रै नभएर अब कुनै पनि किसिमको विकास निर्माण ठप्प हुने इप्पानको दाबी छ । त्यसै सिलसिलामा सोमबार इप्पानले सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकलाई भेट्दै फैसला पुर्नविचारका लागि सर्वोच्च अदालतको ध्यानाकर्षण गरी राष्ट्रिय निकुञ्ज र विभिन्न संरक्षण क्षेत्रभित्र पनि जलविद्युत आयोजना विकास गर्ने वातावरण बनाउनका लागि आग्रह गरेको हो । इप्पानले यसै विषयलाई लिएर नेपाली…
काठमाडौँ: सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौँ: कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् । उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । अन्य ९ जनाको उपचार भइरहेको छ ।
काठमाडौं: साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छन् । नेपाल व्यवस्थापन संघको ४४ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा श्रेष्ठलाई उक्त अवार्डले सम्मान गरिएको हो । नेपाल व्यवस्थापन संघले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकाले श्रेष्ठलाई सम्मान गरेको संघले जनाएको छ । श्रेष्ठ सन् २००७ यता (सीईओ) रहेर काम गरिरहेकी छिन् । उनले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरिसकेकी छन् ।
काठमाडौँ: सोमबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार एक सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८६१.२६ अमेरिकी डलर र चाँदी प्रतिऔंस…
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतबार साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइतेभएका छन् । घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका…
सुर्खेत: सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो । बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा परेको छ । गरैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले ८ हरोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख बस्नेतले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीपछि अनुसन्धान गर्दा बस्नेत र उनका एकाघर परिवारका सदस्यले ८ करोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको देखिएकाले मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ । बस्नेत र उनको परिवारले अनुसन्धान अवधिमा २८ करोड ६५…