मलेसिया जाने श्रमिकसँग रकम असुली प्रकरण
काठमाडौं, मंसिर १० । मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुल गरेको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई आजै काठमाडौं ल्याउने तयारी गरिएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई भारतको दिल्लीबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई विमानमार्फत सिलगुडीस्थित बागडोगरा विमानस्थल पुर्याइएको थियो।
बागडोगराबाट झापा ल्याइएका अर्याललाई भद्रपुर विमानस्थलबाट जहाजमार्फत काठमाडौं ल्याउन लागिएको स्रोतले जनाएको छ।
काठमाडौं ल्याइएपछि उनलाई आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी छ। अदालतमा म्याद थपका लागि पेस गरिने बताइएको छ।
मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुल गरिएको प्रकरणमा अर्यालमाथि अनुसन्धान भइरहेको छ।

