काठमाडौं, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार नयाँ मर्यादाक्रम स्वीकृत गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम २०८२ चैत १३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा परिवर्तन गरिएको हो।
नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री वालेन्द्र शाह पहिलो र अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमा छन्। त्यसपछि कानुनमन्त्री सोविता गौतमलाई तेस्रो मर्यादामा राखिएको छ।
यससँगै मन्त्रिपरिषद्मा प्रधानमन्त्री र अर्थमन्त्रीपछि कानुनमन्त्री गौतमको मर्यादाक्रम रहने भएको छ।

