Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको पनि शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि तीनवटै बाइपासको ब्रेक थ्रु भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको यो सुरुङमार्ग निर्माणले एक वर्षयता तीव्रता पाएको थियो। आयोजनाका अनुसार बाइपास सुरुङ ३ को गत भदौ २६ गते नै ब्रेक थ्रु भइसकेको थियो । त्यसपछि बाइपास सुरुङ १ को पनि गत असोज ४ गते ब्रेकथ्रु भएको थियो । मुख्य सुरुङसम्मको पहिलो बाइपास १ सय ५१ मिटर लामो छ भने तेस्रो…

Read More

काठमाडौँ: भाटभटेनी सुपरमार्केटलाई घाटामा पुर्‍याउन प्रणालीमा पहुँच पुर्‍याएर करको दायरा बढाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा पर्वत घर भई चितवन बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखा घर भई चितवन बस्ने २२ वर्षीय परिन पाण्डे छन्। उनीहरू चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेण्टमा कार्यरत कर्मचारीहरू हुन्। उक्त कम्पनी लेखा परीक्षण गर्ने निजी फर्म हो। सिआइबीले उनीहरूलाई शनिबार (माघ ५ गते) भरतपुर महानगरपालिका-३ बाट पक्राउ गरेको थियो। उनीहरूमाथि सिआइबीले विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ (कम्प्युटर सम्बन्धी) कसुर अन्तर्गत अनुसन्धान गरिरहेको एसपी सुधिरराज शाहीले जानकारी…

Read More

काठमाडौँ: सुनको भाउ शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेको छ । बिहीबार ४०० सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७७४।०२ अमेरिकी डलर र चाँदी…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ । आयोजनाका योजनाप्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए। सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ  । सुक्खायाममा पनि धुले…

Read More

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित हुनुभएको छ । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित हुनुभएको हो । व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित हुनुभएको हो । उहाँ ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएको छ ।व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको आयोजकले बताएका छन । अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आउनुुभएको छ । सम्मानित चेम्बर निवर्तमान अध्यक्ष…

Read More

काठमाडौँ: मुलुक भरका किसान परिवार मध्ये हाल सम्म करिव ४७.७ प्रतिशत किसान सूचिकरण प्रणालीमा सूचिकृत भएको कृषि तथा पशुपन्छी मन्त्रालय अन्र्तगतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । केन्द्रले आज ललितपुरमा आयोजना गरेको प्रदेश स्तरीय किसान सुचीकरण सम्वन्धी समन्वय गोष्ठीमा केन्द्रका प्रमुख एंव सहसचिव डा. राम नन्दन तिवारीले गत मंसिर २१ गतेको सचीव स्तरीय निर्णय अनुसार केन्द्रलाई किसान सुचीकरणका लागि किसानहरुको आवश्यक विवरणहरु सङ्कलन गरी विद्युतीय प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्न केन्द्रलाई जिम्मेवारी प्राप्त भएको वताउनुभयो । किसानको पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानहरुलाई उपलब्ध गराइने सेवा सुबिधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न…

Read More

रूपन्देही: रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको हो । लामिछानेको हिजो बयान सकिएको थियो । इजलासले आज बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिजो हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो । कास्की प्रहरीको हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो । आज सुरुमा सरकारी वकिल कार्यालयतर्फका कानून व्यवसायीले बहस गर्नेछन् ।

Read More

काठमाडौँ: बुधबार सेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्यो । बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा…

Read More

तनहुँ: निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको छ ।आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक पोल जडान गरेको छ । हरेक पोलमा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्ममा कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिई सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ । पोलको टुप्पोमा काठको ढकनी लगाइएको छ । जसमा गिद्ध सुरक्षित रुपमा…

Read More

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्जका क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गर्नुभएको छ । नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ स्वीकृत गरेसँगै लगानी जुटाउनका लागि ऊर्जामन्त्री खड्काले दातृ निकायका प्रमुख एवं प्रतिनिधिसँग आज छलफल गर्नुभएको हो । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि यसअघि दातृ निकायबाट भएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । ऊर्जा विकास मार्गचित्रले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्रका रुपमा रूपान्तरण गर्न, राष्ट्रिय र सीमापार पूर्वाधारलाई बलियो बनाउँदै आर्थिक समृद्धिलाई अगाडि…

Read More