Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: यस वर्षको बडादशैँ सुरू भएको छ ।बडादशैँको पहिलो दिन आज घटस्थापना गरिदैछ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई  गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो…

Read More

काठमाडौं: गृह मन्त्रालयले दशैँको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्नबाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ सङ्क्रमणको जोखिम झनै बढ्ने भएकाले नियमित पूजाबाहेकमा रोक लगाइएको जानकारी दिए । मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए । बडादशैँको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ र धेरै सङ्ख्यामा भक्तालुहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुन सक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि आयात तथा विक्रीका लागि तीनवटा कम्पनीलाई अनुमति दिएको छ । मन्त्रालयलले ललितपुरमा रहेको यति फार्माकेम डिस्ट्रब्युर्टस प्रालि, काठमाडौंमा रहेको सिनर्जी ओभरसिस् प्रालि र भारतमा रहेको हेट्रो ल्याब्स् लिमिटेडलाई रेम्डेसिभिर औषधि आयात र बिक्रीका लागि अनुमति दिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले यी तीनैवटा कम्पनीलाई रेम्डेसिभिर औषधि आयत र विक्रीका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको बताए । कोभिड १९ उपचार गर्ने अस्पतालले बिरामीका लागि प्रयोग गरे अनुसार ती फर्म तथा फार्मेसिहरुबाट सहज रुपमा खरिद गरी प्रयोग गर्न सकिने बताएका छन् । डा अधिकारीले उक्त औषधि हाल…

Read More

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैं लगत्तै विरोधका औपचारीक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् । काँग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताए । कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन…

Read More

काठमाडौं: सिम्रिक एयरले कोरोना संक्रमितहरुकाे उद्धारका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । पहिलो पटक सिम्रिक एयरको हेलिकोप्टरले सोमबार बुटवलबाट एक कोरोना संक्रमितलाई हृयाम्स अस्पताल ल्याएको थियो । सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर कोरोना संक्रमितको उद्धारका लागी छुट्याएको जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले गत सोमबार नै सूचना जारी गर्दै सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न अनुमति प्रदान गरेको जानकारी गराएको थियो ।

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ थियो । पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ । उनीहरू देशका…

Read More

काठमाडौं: २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाले लगानी जुटाएको छ । कास्कीको सेती नदीमा निर्माण सुरु भएको आयोजनामा एनएमबी बैंकको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले साढे ३ अर्ब रुपैयाँ ऋण लगानी गर्न लागेका हुन् । आयोजनामा एनएमबिसहित कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बैंक र आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार अगुवाई गरेको एनएमबि बैंक एक्लैले २ अर्ब २० करोड रुपैयाँ आयोजनामा लगानी गर्न लागेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनले कर्मचारी सञ्चय कोषले ८० र कृषि विकास बैंकले ५० करोड…

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

Read More

काठमाडौं: ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने डा बावुराम भट्टराइको अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘हामि त्यस्तो गैह्रम्मिेजार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ। ।’ डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठुला नेताले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । आफ्नो सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको दावी गर्दै ओलिले भट्टराईप्रति संकेत गर्दै भने–‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा…

Read More