Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ‘धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, नि राजै चल्यो हुलाकी सासूलाई चाबी, सालोलाई जाबी, सालीमाज्यूलाई झम्के बुलाकी । ’ गायिका हीरादेवी वाइबाले मारुनी भाकामा उहिल्यै गाएको यी गीतका गेडामा भनिए जस्तै धनकुटाको डाँडैडाँडा अचेल हुलाकी चल्दैनन् । न त अचेल सालीले नाकैमा झम्के बुलाकी झम्काउँछन् । विज्ञान र प्रविधिले दिनहुँजसो नयाँ फड्को मारिरहेको समयमा हुलाकीले बोक्ने चिठीपत्र इमेल, इमो, म्यासेन्जर लगायत आधुनिक विद्युतीय हुलाकीले बोकिरहेका छन् । सहरका विभिन्न ठाउँमा राखिएका पत्र मञ्जूषामा आजकल पत्र खस्दैनन् । अड्डा अदालत, सरकारी कार्यालयका चिठीपत्र र पत्रपत्रिका बाहेक हुलाकले व्यक्तिगत पत्र बोक्ने काम कमै पाउन थालेको छ…

Read More

काठमाडौँ: दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ । यो कूल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन बढ्दै आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको सङ्घले…

Read More

काठमाडौं: सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच शुक्रबार राति बसेको वार्ता असफल भएको छ । बिहीबार विनानिष्कर्ष टुंगिएको वार्ता शुक्रबार पुन: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा राति ९ बजेदेखि बसे पनि सहमति हुन नसकेको डा केसी तर्फका वार्तामा सहभागी डा जीवन क्षेत्रीले बताए । डा केसीले राखेका मागहरु मध्ये २०७५ साउन १० गते भएको सम्झौता पूरा गर्नुपर्ने विषयमा सरकार पक्षले कुनै सहमति नजनाएपछि वार्ता असफल भएको उनले बताए । वार्ता असफल भएपछि डा केसीका तर्फका वार्तामा सहभागी डा जीवन क्षेत्रीले सरकार पक्षले माग सम्बोधन गर्ने विषयमा कुनै म्यान्डेट तयार नगरेको बताए । डा क्षेत्रीले सरकारले डा केसीको माग सम्बोधन…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाले कारोना भाइरस नियन्त्रण तथा रोकथामका लागि हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको तथ्यांक सार्वजनिक गरेको छ । महानगरले चैत्र ११ गतेदेखि हालसम्म खाना तथा राहत वितरण, एम्बुलेन्स सेवा भुक्तानी, डिसइन्फेक्सन औषधी छर्कने, जनप्रतिनिधि तथा कर्मचारीको कोरोना बिमा लगायतका शीर्षकमा सो रकम खर्च गरेको जनाएको छ । महानगरको चैत्र ६ मा बसेको कार्यपालिका बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको काठमाडौं महानगरका सूचना अधिकारी नवराज ढकालले जानकारी दिए । उनकाअनुसार वडा कार्यालयबाट राहत तथा खाद्यन्न वितरणका लागि ५७…

Read More

काठमाडौं: सरकारले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।

Read More

काठमाडौं : सानिमा जनरल इन्स्योरेन्सको आईपिओ खुलेको तीन दिनमा झण्डै साढे सात लाखको आवेदन परेको छ । आज अपरान्ह १६ः३० बजेसम्मको तथ्याङ्क अनुसार सात लाख ४४ हजार जनाले आवेदन दिएका छन् । कूल आवेदन दिएका मध्ये ६ लाख १५ जनाको आवेदन भेरिफाई समेत भइसकेको एनआईसी एसिया क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार १३ हजार जनाको आवेदन रद्द गरिएको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले कूल ३० लाख कित्ताको लागि यही असाज २१ गतेबाट आवेदन खुल्ला गरेको थियो । सो आईपिओमा यही असोज २५ गते अपरान्ह १७ः०० बजेसम्म आवेदन खुल्ला गरिएको छ । आवेदन दिएका मध्ये दुई लाख ७३…

Read More

एजेन्सी : जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहने विदेशी नागरिकहरुलाई यात्रा अनुमति दिने भएको छ। कोरोना भाइरसका कारण बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने तयारी थालेको छ । जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन्। सरकारले अत्यावश्यक काम परेका र आउनैपर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो। जापानले अहिले विश्वका १५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ। जापान आउनुअघि यात्रुहरुले कोरोना भाइरस परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनुपर्नेछ। त्यसैगरी उनीहरुलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नुपर्ने र…

Read More

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ। सास फेर्न गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा आज शुक्रबार बिहान साढे १० बजे बाटामा नै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए। नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो।

Read More

काठमाडौँ: चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएको र निमोनियाको लक्षणसमेत देखिएको उनका सहयोगी डाक्टर तोसिमा कार्कीले बताइन् । डा.कार्कीका अनुसार डा.केसीमा निमोनियाको लक्षण देखिएकाले सिटी स्क्यान समेत गरिएको छ । विभिन्न माग राख्दै अनसनरत डा.केसीको आज अनसनको २६ औं दिन पुगेको छ । सरकारले बिहीबार डा.केसीका मागबारे उनका प्रतिनिधिसँग वार्ता गरेको भएपनि बिहीबारको वार्ता निष्कर्ष बिहीन भएको थियो । डा.केसीका माग बारे शिक्षा मन्त्रालय आन्तरिक छलफलमै रहेको जनाइएको छ ।

Read More

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा१३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९  जना संक्रमित थपिएका छन् । यसअघि विहीबार ९हिजो० काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना गरी जम्मा २,५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Read More