Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रभु बैँकको सहबित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय ब्यवस्थापन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न एक कार्यक्रममा कुल लागत रु. ४ अर्ब ५६ करोड को सो आयोजनामा ७५ प्रतिशत अर्थात रु.३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लि.को नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावर प्रालिद्वारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंकले रु.१ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले रु.८५ करोड र कृषि विकास बैंक लि. ले रु.७५ करोड ऋण लगानी गर्ने सो आयोजनामा कुल लागतको २५ प्रतिशत, रु.१ अर्ब १४…
कञ्चनपुर: भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालय बोलाएर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। ‘कुनै पनि ठूला निर्णय गर्दा मन्त्रीसँग छलफल गरेरमात्रै निर्णय गर्न निर्देशन भएको छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतलेभन्यो, ‘हिमालय एयरलाइन्लाई सेल्फ ग्राउण्ड ह्याण्डलिङसम्बन्धी निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने निर्देशन भएको छ।’ मन्त्री भट्टराईले महानिर्देशक पोखरेललाई सचिव केदार बहादुर अधिकारीसँगै राखेर अबदेखि कुनै ठूला निर्णय गर्नुपहिले मन्त्रीसँग छलफल गर्न निर्देशन दिएको स्रोतको भनाइ छ। मन्त्री भट्टराईले यसअघि सेल्फ ग्राउण्ड ह्याण्डलिङ…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा छलफल केन्द्रित रहेको ओली निकट स्रोतले जानकारी दियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीच मापदण्ड र रोस्टर बनाउने विषयमा कुराकानी भएको हो । “उहाँहरूबीच मापदण्ड बनाउने विषयमा लामो कुराकानी भएको छ । निरन्तर छलफल भएको छ । सम्भवतः आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,” स्रोतले भन्यो, “मैले बिहान दुवै अध्यक्षसँग कुरा गरेको थिएँ, मन्त्रिपरिषद् हेरफेर अब टुङ्ग्याउनुपर्छ भन्दै हुनुहुन्थ्यो ।” बालुवाटारनिकट स्रोतले मन्त्रिपरिषद्मा अब ल्याउने सदस्य अधिकांश नयाँ अनुहार हुने जानकारी दियो । “पटकपटक लाभ पाएकालाई…
काठमाडौं: जनरल इन्सुरेन्स कम्पनीको आइपीओ आइतबारदेखि बिक्री खुला भएको छ । जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जनरलले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता ( ४ प्रतिशत) सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता (५ प्रतिशत) म्युचुअल फण्डका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकत्तम १० हजार कित्ताका…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले असोज ११ गते आइतबार २० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गरेको छ । केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८६ घ’ नाम दिइएको सो ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । ९ वर्ष अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुने बैंकले जनाएको छ । सरकारले विकास निमार्णका काम गर्नका लागि पूँजी आवश्यक परेपछि विकास ऋणपत्रको माध्यबाट अन्तरिक ऋणको उठाउँछ । यसरी सरकारको लागि आवश्यक ऋण उठाइदिने काम केन्द्रीय बैंकले गर्छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत सो ऋणपत्र खरिद गर्न सक्नेछन् । यो…
काठमाडौँ: सरकारको कमजोरीको फाइदा उठाउँदै काठमाडौं उपत्यकाका आठवटा निजी प्रयोगशालाले १३ दिनमा साढे १७ हजार जनाको पीसीआर गर्दा तोकिएभन्दा ३ करोड ५२ लाख रुपैयाँ बढी लिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २८ मा कोरोना संक्रमण छुट्याउने पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकेको थियो । तर निजी ल्याबहरूले भदौ १५ मा तोकिएअनुसारै ४ हजारदेखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार र शुक्रबार गरेको अनुगमनमा निजी प्रयोगशालाले आन्तरिक निर्णयबाट शुल्क निर्धारण गरी लिने गरेको पाइएको शाखा अधिकृत इन्दिरा आचार्यले जनाएकी छन् । नेपाल कोरोना मैत्री नगरपालिका अस्पताल, केएमसी र बिध ल्याबबाहेक अन्य आठवटाले स्वास्थ्य मन्त्रालयले निर्धारण…
काठमाडौँ: प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा बिहान छलफल भइरहेको छ । छलफलकाे विषय के हाे भन्नेबारे दुवै निकट स्रोतले थाहा नभएको बतायाे । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक १२ बजे बाेलाइएकाे छ । प्रधानमन्त्री निकट स्राेतले मन्त्री हेरफेरबारे पार्टी कमिटी (सचिवालय)ले निर्णय गरेकोले साेही अनुसार तयारी भइरहेको बतायाे । प्रधानमन्त्री र अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनकाे मापदण्डबारे छलफल यसअघिकै भेटबाट सुरु भएको जानकारी दियाे । अध्यक्ष दाहालकाे सचिवालयले भने कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने सूची तयार भइनसकेको जानकारी दियाे ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो। ‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ’, स्रोतले भन्यो,’प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’ समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ। सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ।
काठमाडौँ: कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै कार्यदल गठन भएको छ । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीमा उक्त कार्यदल स्थापना भएको घोषणा गरिएको हो । निजी क्षेत्रको पहलमा गठन गरिएको कार्यदल सार्वजनिक निजी साझेदारीको अवधारणामा अघि बढ्नेछ । कार्यदलको पहिलो कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देश दर्शन कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा उनले सरोकारवाला सबैको सहकार्यमा पर्यटन क्षेत्रको छिटो पुनरुत्थान हुनसक्ने धारणा राखे । पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिकामा रहनुभएका निर्णयकर्ता, सरोकारवाला र स्रोत बजारमा पर्यटकबीच विश्वसनीय सञ्चार प्रवाह गर्ने काममा कार्यदल केन्द्रित रहने जनाइएको छ । कार्यदलले पहिचान…
