Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: राष्ट्रियसभाको जारी अधिवेशन आजबाट अन्त्य भएको छ । पुष १७ गतेदेखि शुरु भएको राष्ट्रियसभाको जारी अधिवेशन आजबाट अन्त्य भएको हो । आजको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको पत्र पढेर सुनाएका थिए । यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको जारी अधिवेशनमा सरकारले जारी गरेका ७ वटा अध्यादेश समेत पेश भएका छन् ।

Read More

काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए । काँग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उनले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो । जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए काँग्रेस चुनावमा जाने सभापति देउवाले बताए । सभापति देउवाले कांग्रेस स्थापना…

Read More

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्तामा आफूहरु रहेको बताएका छन्। २९९ औँ पृथ्वी जयन्तिको पूर्वसन्ध्यानमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै शाहले राष्ट्रिय अखण्डताका लागि एकताको गाठौँलाई बलियो पार्नुपर्ने बताएका हुन्। उनले श्री ५ पृथ्वीनारायण शाहल राष्ट्रभक्तिबाट ओतप्रोत भएर राष्ट्र निर्माणमा आफ्नो पुरै जीवन समर्पण गरेको स्मरण गर्दा मात्रै आफूहरु गौरवान्वित हुने गरेको बताउँदै अहिले भने देशकसरी गोगाउन सकिएला भन्ने चिन्तामा रहेको बताएका हुन्। ‘नेपाली भनेका नेपाली नै हुन्। कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी…

Read More

काठमाडौँ: चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा ३ दिनमा साढे ८ लाख बढीले गरे आवेदन गरेका छन् । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार कित्ता आईपीओ जारी गरेको थियो । गत शुक्रबारदेखि निष्काशन भएको आईपीओमा आइतबार साँझसम्म ८ लाख ६६ हजार ९२९ वटा आवेदन परेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा एक अर्ब ७० करोड ८७ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड ७० लाख ८७ हजार ४४० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १२.२४ गुणा बढी हो । कम्पनीले प्रति कित्ता…

Read More

काठमाडौँ: नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि साठमाडौंमा शुरु भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । महाअधिवेशनवाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका छन् । साधारणसभावाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन् । यस्तै एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भएका छन् भने महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्मा निर्वाचित भएका छन् । प्रवक्तामा मनोज कुमार शाह निर्वाचित भएका छन् भने सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित भएका छन् ।…

Read More

काठमाडौँ: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न आग्रह गरे । स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरे । यसैबीच अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट अतिप्रभावित जोखिममा रहेका…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले चार पूर्वप्रधानन्याधीशहरुलाई धम्याउने कार्य तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । चार पूर्वन्यायाधीशहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको दाहाल–नेपाल समूहको बैठकले निष्कर्ष निकालेको छ । पेरिसिडाडामा आइतबार बसेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सचिवालय बैठकले संसद विघटनको विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै भर्त्सना समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका उनले जानकारी दिए । सचिवालय बैठकले प्रधानमन्त्री ओलीले केही समययता प्रदर्शन गरेको…

Read More

काठमाडौं: बाणिज्य बैंक समूहले सेयर बजारलाई नयाँ उचाइमा पुर्याएको छ। आइतबार बैंकिङ सूचक ५९.६१ अंकले बढ्दा समग्र बजार सूचक ४१.२४ अंकले उक्लिएको छ। बजार सूचक २२३५.७२ अंकमा पुगेको छ। यो अहिलेसम्मकै उच्च अंक हो। जीवन बीमाबाहेक सबै उपसूचकहरु उक्लिएका छन्। एभरेष्ट बैंकबाहेक सबै बाणिज्य बैंकहरुको सेयर मूल्य बढेको छ। खासगरी कुमारी बैंकको मूल्य सर्वाधिक बढेको छ। धेरै कारोबार भने प्रभु बैंकको भएको छ। बैंकको ३९ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। सूचक खासै उतारचढाब बिना माथि गएको छ। यसले गर्दा कारोबार रकम पनि ६ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। दिनभरीमा २०६ कम्पनीको सेयर कारोबार भएको छ। बाणिज्य…

Read More

काठमाडौँ: सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

Read More

काठमाडौँ: मन्त्रिपरिषद्को ‘आकस्मिक बैठक’ ले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक बैठक’ले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए । पुष १७ गते सुरू भएको हिउँदे अधिवशेनमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

Read More