Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २९ देखि भदौ ११ गतेसम्मका १५ दिन अत्यावश्यक सेवा मात्र दिने भएको छ। उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै कम्पनीले कम्पनी प्रसाशन सम्बन्धी अन्य कामहरु बन्द गरेको हो। यस अवधिमा औषधि उत्पादन तथा बिक्री वितरण, जनस्वास्थ्यसँग सम्बन्धी, मास्क सेनिटाइजर, सरसफाइ, खाद्यान्न, खानेपानी जस्ता अत्यावश्यक सेवासँग सम्बन्धित कम्पनी मात्र दर्ता गर्ने जनाएको छ। कोभिड-१९ को जोखिमलाई ध्यान दिई कार्यालयमा सेपाग्राहीको बढ्दो भीडलाई मध्येनजर गर्दै यस्तो व्यवस्था लागू गरिएको उप-रजिष्ट्रार तुल्सीराम गैरेले जानकारी दिए। यस अवधिमा कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनुपर्ने वार्षिक विवरण लगायतका अभिलेखहरु अनलाइनबाट मात्र बुझाउनुपर्ने व्यवस्था गरिएको गैरेको भनाइ छ। सोको लागि कार्यालयले…
काठमाडौं: कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि विशेष अदालत काठमाडौंले बन्दीका मुद्दाको सुनुवाई बाहेकका काम नगर्ने निर्णय गरेको छ । यअसघि विशेष अदालतले पेशी स्थगित गर्ने निर्णय गरेकोमा अब बन्दीका मुद्दाको सुनुवाई बाहेक अन्य कार्य भदौ १५ गतेसम्म स्थगित गर्ने निर्णय गरेको हो । वकपत्र गराउन ल्याउने प्रतिवादीको पिसिआर सम्भव नभएको र कोरोनाको जोखिम बढ्दै गएकाले बन्दीबाहेकका सबै सेवा १५ गतेसम्मका लागि स्थगित भएको विशेष अदालतका सूचना अधिकारी इन्द्र कुमार खड्काले जानकारी दिए। अदालतले भदौ १५ सम्म धरौटी फिर्ता गर्ने, मुद्दा दर्ता, तारेख बुझ्ने, थुना मुद्दाको पेशी गरी सुनुवाई गर्ने मात्र काम गर्ने जनाएको छ ।
काठमाडौं: काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना गरी १३८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण अस्पतालमा ११ जन र नेपाल प्रहरी अस्पतालमा गरिएमको परीक्षणमा २२ जनामा संक्रमण भेटिएको हो । यस्तै स्टार हस्पिटलमा ९ जना, ह्याम्स अस्पतालमा ८ जना, बिथ ल्याबमा ५ जना र वीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रण पुष्टि भएको हो । यस्तै…
काठमाडौं: नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ भने क्वारेन्टाइनमा रहेकाहरुको संख्या १४ हजार ८४६ रहेको छ । कहाँ कति थपिए ? स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्लेजुङका १, सप्तरीका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी सिरहाका १०, धनुषाका…
काठमाडौं: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १.५१ अङ्कले बढेर एक हजार ४२५.३२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ । स्टकका अनुसार आज कूल १८८ कम्पनीका ३० लाख ३२ हजार ३११ कित्ता शेयर रु ९५ करोड १९ लाख ६० हजार २०८ मा खरिदबिक्री भए । आज कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.८१ अङ्कले बढ्दा होटल ०.७४, निर्जीवन बीमा ३९.०८, उत्पादन ०.३१, जीवन बीमा ६.७७…
काठमाडौं: सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो । अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो । अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए ।…
काठमाडौं : आगामी भदौ १६ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालन गर्नुपर्ने वायूसेवा सञ्चालक संघ नेपालले माग राखेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले आगामी भदौ १६ गतेदेखि आन्तरिक हजाई सेवा उद्योगलाई तत्कालै सञ्चालनमा नल्याए आन्दोलन गर्ने चेतावनी दिएको छ । यसअघि सरकारले कोभिडको महामारीका कारण भदौ १५ गतेसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको र कोरोना संक्रमितको संख्या बढेपछि अस्ति सोमबारको मन्त्रीपरिषदको बैठकले भदौ ३१ गतेसम्म हवाई सेवा बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि संघले यस्तो चेतावनी दिएको हो । संघले भदौ १ गतेदेखि नै आन्तरिक वायूसेवा कम्पनीहरु उडान सञ्चालन गर्न पूर्ण तयारी रहँदारहँदै सरकारबाट सेवा बन्द गर्ने निर्णय…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी -नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको खुमलटार स्रोतले जानकारी दिएको छ । प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा हिजो मंगलबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । यसअघि पनि प्रचण्डको बाहिरी सुरुक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यहरु अहिले होम क्वारेन्टिनमा बसेका छन्।
काठमाडौं : सिटिजन्स बैंकको मुख्य कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकको फाइनान्स डिपार्टमेन्टमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त विभागमा कार्यरत महिला कर्मचारी अहिले आइसोलेसनमा छिन् भने उनीसँगै काम गर्ने कर्मचारीहरुको कोरोना टेष्ट गरिएको छ । उनीहरुको रिपोर्ट भने अझै आइपुगेको छैन । संक्रमितको अवस्था सामान्य रहेको छ । बैंकले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज बुधबार एकदिनका लागि मुख्यालय र थापाथलीस्थित शाखा कार्यालयको सेवा बन्द गर्ने निर्णय गरेको छ । यस बैंकहरुमा भाइरस निसंक्रमण गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने जानकारी बैंकले दिएको छ ।
काठमाडौं : यसैसातादेखि निरन्तर घट्दै आएको सुनको मूल्यमा आज बुधबार भारी गिरावट आएको छ । आज बुधवार सुन प्रति तोलामा ६ हजार २ सयले मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधवार० सुनको मूल्य ९५ हजार ४ सय कायम गरिएको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रुपैयाँ ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला १ हजार २ सय १० कायम भएको हो । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य…
