Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने लगातार ४ दिन स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारसम्म पनि सोही मूल्यमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१५.१३ अमेरिकी…

Read More

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् ।मन्त्री पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्र्तगत संघीय अस्पतालहरुमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।उनका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आइसीयुको सेवा विस्तार गर्नेछ । वीरको आइसीयुमा नौ शैय्या थप गर्ने कार्यक्रम वैशाख दोश्रो साता राखिएको छ ।यसैगरी, भरतपुर अस्पतालले क्याथ ल्याब सेवा शुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट…

Read More

काठमाडौं: राष्ट्रिय योजना आयोगले सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब २९९ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरेको छ । आइतबार ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति-२०८१’ सार्वजनिकीकरण कार्यक्रममा आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको हो । दिगो विकास लक्ष्यहरूमध्ये कुल लगानीको सबैभन्दा ठूलो हिस्सा लक्ष्य-९ मा रहेको उद्योग र पूर्वाधारमा आवश्यक हुने आयोगकी कार्यक्रम निर्देशक अनिता पौडेलले बताइन् । उनका अनुसार उद्योग र पूर्वाधारमा कुल लगानीको २४ प्रतिशत आवश्यक पर्ने देखिएको हो । यस्तै, लक्ष्य…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रिट दायर गरेकी हुन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशवुरुद्ध रविका तर्फबाट यसअघि सर्वोच्चमा ‘थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले चैत्र ९ गतेसम्म शिक्षक आन्दोलन फिर्ता नभए कक्षा १२ को वार्षिक परीक्षा स्थगित गर्नुपर्ने जनाएको छ। वैशाख ११ गतेदेखि सञ्चालन हुने परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित गर्ने जनाएको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले सोमबार बिहान १० बजेसम्म आन्दोलनरत शिक्षकसँग सहमति नभए परीक्षा स्थगित गर्ने बताएका छन्। ‘उत्तरपुस्तिका र प्रश्न पत्र परीक्षा केन्द्रहरूमा पुगिसकेको छ। केन्द्राध्यक्षहरूको अभिमुखीकरण बाँकी छ। पर्सिदेखि शिक्षकहरू कार्यस्थलमा फर्किनुभयो भने परीक्षा सञ्चालन गराउन सकिन्छ। अनलाइनबाट केन्द्राध्यक्षहरूको अभिमुखीकरण गराउन सकिन्छ,’ अध्यक्ष शर्माले भने, ‘तर भोलि चैत्र ८ गतेसम्म पनि आन्दोलन टुंगिएन भने परीक्षा सञ्चालन गराउन सकिँदैन। स्थगित गर्नु पर्ने हुन्छ। हामी भोलि १० बजे…

Read More

काठमाडौँ:राष्ट्रिय योजना आयोगले मन्त्रालयहरूलाई अनिवार्य दायित्वका लागि आवश्यक पर्ने रकम प्रस्ताव गरेर मात्रै आयोजना प्राथमिकीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ। आयोगले दिएको सिलिङभित्र मन्त्रालयहरूले पठाएका कार्यक्रममा छलफल गरी बजेट सीमाभित्र रही पुनः प्राथमिकीकरण गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको हो। कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्दा समन्वयात्मक अतिरिक्त लाभ सिर्जना तथा दिगो बनाउन सहयोगी हुने र कार्यान्वयन गर्दा शून्य विरोधाभाष सिर्जना हुने कार्यक्रमलाई प्राथमिकताका साथ प्रस्ताव तथा विनियोजन गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। उत्पादन र उत्पादकत्व वृद्धि गर्न सघाउने र रोजगारी सिर्जना हुने आयोजना तथा कार्यक्रमका लागि प्राथमिकताका साथ बजेट प्रस्ताव तथा विनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ। आगामी आर्थिक वर्षमा खर्च हुने र…

Read More

काठमाडौं । सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् । आइतबार दिउँसो पक्राउ परेका ७ जनालाई छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।

Read More

काठमाडौं: पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ७,८,९ १२ मा सञ्चालित इँटाभट्टा बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । स्थानीयले दिएको रिट निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले परमादेश जारी गरेको हो ।इँटाभट्टा बन्द गर्न माग गरिएको रिट निवेदनमा गत १२ चैतमा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले मागबमोजिम हुने फैसला गरेको हो । स्थानीय अभियन्ता श्रीकृष्ण धिमाललगायत ११ जना स्थानीयले १४ पुस ०७६ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । हिमालयन मल्टिप्रपोज कम्पनी प्रालि, नवदुर्गा भवानी इँटा उद्योग, उपकार चिम्नी इँटा उद्योग, जय भीमसेन इँटा उद्योग, वीर हनुमान ब्रिक फ्याक्ट्री, पलाञ्चोक…

Read More

राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको २ अर्ब ५० करोड रुपैंयाको ऋणपत्र -7% RBBL Debenture 2088_ आज २०८२ बैशाख ७ गतेबाट निष्काशन भएको छ । बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका…

Read More

एफसी चितवनलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार भएको एलिमिनेटर खेलमा चितवनलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै पोखरा दोस्रो क्वालिफायर्समा प्रवेश गरेको हो। योसँगै पोखराले लिग चरणमा चितवनसँग भोगेको हारको बदला समेत लिएको छ। लिग चरणमा पोखरा चितवनसँग २–० गोल अन्तरले पराजित भएको थियो। दोस्रो क्वालिफायरमा स्थान बनाएसँगै पोखराले अब धनगढी एफसीको सामना गर्नेछ। धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएको थियो। ललितपुरले फाइनलमा स्थान बनाउँदा धनगढीले भने उपाधि नजिक पुग्न अर्को मौका पाएको छ। दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ। पहिलो हाफ गोलरहित…

Read More