Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मुलुकको आर्थिक विकास र परिवर्तनका लागि महत्त्वपूर्ण मानिएका राष्ट्रिय गौरवका आयोजनाहरूको बजेट खर्च निकै सुस्त देखिएको छ । अर्थ मन्त्रालयको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार, पहिलो ६ महिनामा यी आयोजनाका लागि विनियोजित बजेटको जम्मा १५.४९ प्रतिशत मात्र खर्च भएको छ । सरकारले २३ वटा गौरवका आयोजनाका लागि यो वर्ष ६७ अर्ब ८ करोड रुपैयाँ बजेट छुट्याएकोमा पुस मसान्तसम्म जम्मा १० अर्ब ३९ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । सरकारले यी ठूला आयोजनामार्फत विकास र रोजगारी बढाउने लक्ष्य राखे पनि कामको गति भने निकै ढिलो देखिएको छ । हाल देशमा २७ वटा राष्ट्रिय गौरवका आयोजनाहरू छन्, जसमध्ये…
काठमाडौँ : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटमा उल्लेखित आकारभन्दा १४.०४ प्रतिशतले खर्च घट्ने अनुमान गरेको हो । गत जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । योमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको थियो । संशोधित बजेट अनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड र…
काठमाडौँ: सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१’ लाई संशोधन गरी ‘बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२’ लागू भएको हो । नयाँ मापदण्डअनुसार बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समयसीमा अगाडि सारिएको छ । अब राष्ट्रिय योजना आयोगले प्राप्त आयोजना प्रस्तावको मूल्याङ्कन गरी उपयुक्त ठानेमा मङ्सिर १५ गतेभित्र अर्थ मन्त्रालयमा स्रोत सहमतिका लागि सिफारिस गरिसक्नुपर्नेछ । यसअघि आयोगले मङ्सिर मसान्तभित्र सिफारिस गर्ने व्यवस्था थियो । यसैगरी, अर्थ मन्त्रालयले अब मध्यमकालीन खर्च संरचना, मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट त्रिवर्षीय बजेट प्रक्षेपण, चालु आर्थिक वर्षको बजेट र स्रोतको…
काठमाडौं: नेपालमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय समावेशीकरण सूचकांक’ सम्बन्धी प्रतिवेदनमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा सुधार देखिएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालको समग्र वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुगेको छ । आर्थिक वर्ष २०२३/२४ मा यस्तो सूचकांक ०.४७ मात्रै रहेकोमा एक वर्षमा उल्लेख्य सुधार भएको हो । नेपालमा वित्तीय समावेशीकरणको स्तर र प्रगतिको विस्तृत मूल्यांकन प्रदान गर्ने उक्त प्रतिवेदनले वित्तीय समावेशीकरण सूचकांकमा सुधार भएको देखाएको छ । वित्तीय समावेशीकरण सूचकांकको गणना मानव विकास सूचकांकको गणना विधि जस्तै हुने राष्ट्र…
काठमाडौं: नेपाली बजारमा आज सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आइतबार थप १८ हजार ८ सय रुपैयाँले घटेको थियो । सोमबार पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ३ लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ८६ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा आज सुनको मूल्य १३ हजार ४ सय रुपैयाँले घटेको हो । यसअघि १५ गते सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको थियो । उक्त दिन सुन तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँमा किनबेच भएको…
काठमाडौँ: शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन साेही रकमले उकालाे लागेर प्रतितोला ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार २०५ डलरमा कारोबार भइरहेको छ ।
अन्यसँग पनि लिए गुनासा १३ माघ, काठमाडौँ।गृह मन्त्री ओम प्रकाश अर्यालले काठमाडौंमा रहेका दुई कारागार कार्यालयहरु केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गर्नुभयो। गृह सचिव, गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणको लागि पुग्नुभएका मन्त्री अर्यालले दुई कारागार कार्यालयहरु र एक कारागार अस्पतालको निरिक्षणको क्रममा कारागारहरु र अस्पतालको वस्तुस्थितीबारे जानकारी लिई गर्नुपर्ने आवश्यक सुधारको लागि निर्देशन दिनुभएको हो। मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षण गर्नुभई त्यहाँ राखिएका…
काठमाडौं: अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित भइ आएका सार्वजनिक निजी साझेदारी मोडेलका सम्भव सबै परियोजनालाई अघि बढाउन निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरुलाई अघि बढाउन निर्देशन दिनु भएको हो । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्तावहरु र नीति तयारीका विषयमा जानकारी गराउनु भएको थियो । ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जल विद्युत परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रीन हाइड्रोजन, पोडवे…
काठमाडौँ:नेपाली कांग्रेसले चुनावी अभियान क्रममा राष्ट्रिय झन्डाको प्रयोगबारे ५ बुँदे परिपत्र गरेको छ। उपसभापतिसमेत रहेका केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले पार्टीका मातहत निकायहरूलाई राष्ट्रिय झन्डा प्रयोगमा ध्यान दिनु भन्दै आज परिपत्र गरेका हुन्। यस्तो छ परिपत्रमा उल्लेख बुँदा; १) आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झण्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्ने। २) राष्ट्रिय झण्डालाई व्यक्तिको शिरभन्दा माथि हुने गरि सम्मानपूर्वक फहराउने।(झण्डा झुकाउने प्रचलन, मृत्युपछिको शोकमा मात्रै हुन्छ भन्ने तथ्य हामीले हेक्का राख्न जरूरी छ) ३) उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ। त्यस्तो…
काठमाडौं: नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो । गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । शुक्रबार…