Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
- सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुर्खेत: सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो । बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा परेको छ । गरैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले ८ हरोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख बस्नेतले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीपछि अनुसन्धान गर्दा बस्नेत र उनका एकाघर परिवारका सदस्यले ८ करोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको देखिएकाले मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ । बस्नेत र उनको परिवारले अनुसन्धान अवधिमा २८ करोड ६५…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरूको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो । प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् । यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता…
काठमाडौँ:जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन्। आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यादेशप्रति आफ्नो पार्टी सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन्। अध्यादेश आफ्नो पार्टीका कारण नरोकिएको र सरकारले नै संसद्को कार्यसूचीबाट हटाएको बताए। ‘हामीले कहाँ अड्काएका छौँ त। सरकारले कार्यसूचीबाट आफैँ फिर्ता लिन्छ। हामीले अड्कायो कसरी भयो? हामी धारणा बनाउँदैछौँ र हाम्रो सोच सकारात्मक छ,’ उनले भने, ‘क्रिएटिभ रुपले हामी सोच्दैछौँ। देश र जनताको हितमा हामी अगाडि बढ्छौँ।’सरकारले संसद्को कार्यसूचीमा राखेलगत्तै पार्टीले निर्णय सार्वजनिक गरिहाल्ने उनको भनाइ छ। अध्यादेशलाई समर्थन गर्न जसपा, नेपालले बार्गेनिङ गरिरहेको विषयमा प्रश्न गर्दा…
काठमाडौं । ललितपुरमा ४ वर्षीय बालक अपहरण गर्ने एक भियतनामी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भियतनामका २३ वर्षीय माइ होङ किन्लाउन रहेका छन् । गत बिहीबार राति ८ः२० मा ललितपुरको ललितपुर महानगरपालिका- १२ पाटनबाट सरिता तामाङको ४ वर्षीय जिरे भनिने पल चेपाङ हराएका थिए । उनले आफ्नो छोरा हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिएकी थिइन् । अनुसन्धानको क्रममा ४ वर्षीय बालकलाई अपहरण गरी कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै रहेको इलाम मेची गेष्ट हाउसको कोठामा बन्धक बनाइ राखेको अवस्थामा परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बालकलाई सकुशल उद्धार गरी अपहरण कार्यमा संलग्न…
काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान ११ बजे बस्दै छ । पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । उक्त दिन भएको ६ बुँदे सहमतिमा माघ २७ (आज) पुन: विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो । त्यसक्रमा दुवै पक्षबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने,…
काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण-पश्चिम रहेको छ । यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरस, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ । राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरुमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ । केही देशहरुमा भने यसको सम्भावना कम भएको बताउँदै केन्द्रले चेतावनी रद्द गरिसकेको छ । मुख्यगरी केम्यान टापु सरकारले भने…
‘पाथीभरामा केवलकारको विरोधले निजी लगानी दुरुत्साहन गर्छ, बन्न पाए नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
काठमाडौँ:कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको देखिन्छ । पाथीभरामा केबलकार निर्माणको प्रसङ्ग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केबलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो । करिब दुई वर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ । नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतिहरू प्राप्त गरेपछि…
काठमाडौँ : खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन ।प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा…
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास आयात तथा बिक्री रोकी देशभरका उद्योग बन्द गर्ने चेतावनी दिएको छ । लामो समयदेखि ग्यास उद्योगमा समस्या परेको र समाधानका लागि राज्यबाट कुनै पहल नभएको भन्दै बिहीबार पत्रकार सम्मेलनमार्फत संघको चेतावनी आएको हो । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले पत्रकार सम्मेलनमार्फत १९ बुँदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए । उक्त माग पूरा नभए आन्दोलन बढाउने उनको भनाइ छ । ग्यास आयात तथा खरिद–बिक्री रोकी अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणासमेत उनले गरे । ‘हाम्रो माग पूरा नभए ३० माघदेखि आन्दोलनमा जान बाध्य हुनेछौँ,’ उनले भने, ‘यस बिचमा हाम्रा समस्या सम्बोधन भए ठिकै…