Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदान प्रवाह गरेको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक वर्ष २०७६\७७ देखि २०८०\८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका नाम पनि सार्वजनिक गरे । मन्त्री अधिकारीले कृषि सहकारी समूहले २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ अनुदान लिएको जानकारी दिए । यसरी राज्य कोषबाट दिइएको अनुदान दुरुपयोग गरेको भेटिए कारबाहीको दायरामा ल्याइने मन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गरे । यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आइतबार बिहानै अदालतमा हाजिर भएका हुन् । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन् । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९…
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ। कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही एक–दुई…
काठमाडौं: नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उक्त घटना विवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो । प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शुक्रबार पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँचगर्ने क्रममा पक्राउ गरिएको…
काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई मन्त्रिपरिषद्ले स्वीकृति दिने निर्णय गरेको छ । विधेयकमा विशेषगरी विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्थाहरु प्रस्ताव गरिएको एक मन्त्रीले बताए । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्थाहरु गरिएको ती मन्त्रीले बताए । पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख छ तर बाबु सम्पर्कमा छैन वा पहिचान भेटिएको छैन भने त्यसरी नागरिकता नपाएका सन्तानलाई बाबुको पहिचान नभएको मानेर नागरिकता दिनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता…
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिनुभयो ।‘भुक्तानी योग्य रकमको भुक्तानी प्रकृया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुन अनुसार चल्नुपर्छ’-उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो-‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन ।‘अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले संघीय सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड…
काठमाडौँ: चालु आर्थिक वर्षको पाच अर्थात मंसिर महिनामा मात्रै एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह कात्तिक महिनाको तुलनामा ४ अर्बले धेरै हो । चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक महिनामा एक खर्ब १४ अर्ब रेमिट्यान्स भित्रिएको थियो । चालु आवको मंसिरसम्मको विप्रेषण आप्रवाह भने ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो…
काठमाडौँ: चालु आर्थिक वर्षको मङ्सिरसम्ममा निर्यात तथा रेमिट्यान्समा आएको सुधारले शोधनान्तर स्थिति उल्लेख सकारात्मक भएको छ । सो अवधिमा निर्यात १६ प्रतिशत, रेमिट्यान्स साढे ४ प्रतिशतले बढेपछि शोधनान्तर स्थिति २ खर्ब २५ अर्बले बचतमा पुग्न सहयोग पुगेको हो । चालु आर्थिक वर्षको मङ्सिरसम्ममा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई ७३ अर्ब ६६ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी सो अवधिमा कुल वस्तु आयात ३.० प्रतिशतले वृद्धि भई ६६१ अर्ब ४९ करोड पुगेको छ । निर्यात बढेसँगै आयतमा देखिएको सुस्तताले पनि शोधनान्तर बचत बढ्नमा सहयोग पुगेको छ । चालु आवको मङ्सिरसम्ममा चालु खाता १४० अर्ब ७१ करोडले…
काठमाडौँ: सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको हो । लामिछानेसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यस्तै, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमुक्त हुने भएपछि समर्थकहरूमा खुशी छाएको छ । अदालत बाहिर रास्वपा कार्यकर्ताहरूले खुशी मनाउन थालेका छन् । आज आदेश आउने भएपछि दिउँसैदेखि रास्वपा नेता कार्यकर्ताको अदालत परिसरमा चहलपहल बढेको थियो । आदेश सुनाउन बेलामा अदालत बाहिर दर्जनौ संख्यामा नेता-कार्यकर्ताको उपस्थिति रहेको छ । पार्टी उपसभापति डिपी अर्याल, सांसद सोभिता गौतम, प्रवक्ता मनिष झा, हरि ढकाललगायतका नेता अदालत बाहिर छन् । अहिले नेता कार्यकर्ताले रवि लामिछानेको समर्थनमा नारावाजी गरिरहेका छन् । उनीहरूले रवि दाइ हाइ हाइ । यो जित कसको जनताको । रवि दाइ कस्तो जनताको जस्ता नारा लगाएका छन् ।