Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
- सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । अंकित मूल्य १ सयका दरले आवेदन दिन सकिनेछ । कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । यसले कम्पनी आफ्नो दायित्व पूरा गर्न मध्यम स्तरको जनाउँछ । न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले सूचनामार्फत…
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’ यसबारे अनलाइनखबरसँग कुरा गर्दै खनालले आफू पार्टीमा निष्कृय रहेको अवस्थामा त्यसको सन्देश…
काठमाडौं । बहुप्रतीक्षित आयोजना पेट्रोलियम अन्वेषणअन्तर्गत अन्वेषणात्मक ड्रिलिङ कार्य पूरा भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार पेट्रोलियम अन्वेषणअन्तर्गतको ड्रिलिङ कार्य ४ हजार २ मिटर गहिराइमा पुगेर सम्पन्न भएको हो। दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा गत वैशाख २८ गतेबाट ड्रिलिङ कार्य प्रारम्भ गरिएको थियो। नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता बमोजिम चाइना–एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्टअन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सीजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीबाट अन्वेषणात्मक ९वेल० ड्रिलिङ सुरु गरिएको थियो। ड्रिलिङ कार्यको गत वैशाख २३ गते संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औपचारिक उद्घाटन गरेका थिए। खानी तथा भूगर्भ…
काठमाडौँ– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन्। दिगो पर्यटन सहकारी संस्थाको शनिबार आयोजित १४औँ साधारण सभामा मन्त्री गुरुङले सहकारीहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए। उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्थासमेत अध्यादेशमा भएको जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पर्यटकीय जिल्ला सोलुखुम्बु पुगेका छन् । ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के पुगेका हुन् । उद्घाटन कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिका-२ स्थित सूर्केमा राखिएको छ ।
महोत्तरी । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको बताएका छन् । शनिबार बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा उनले भने, ‘यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ । वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको छ ।’ उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने समेत बताए । अर्को प्रसंगमा उनले सबै पक्षको सहमतिमा संविधान संशोधन हुनुपर्ने धारणा राखे ।
काठमाडौँ: यो वर्ष अहिलेसम्मकै उच्च धान उत्पादन भएको छ। कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार यो वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ। जुन उत्पादन गत आबको तुलनामा ४.०४ प्रतिशतले बढी हो । धान बाली लगाईएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक बृद्विले यो अंक प्राप्त हुन आएको देखिन्छ । बर्षे र चैते दुबै गरी चालु आ.व.मा कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाईएको अनुमान कायम हुन आएको छ जुन गत आ.व.को तुलनामा १.२८ प्रतिशतले कमि हो । औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगि हालसम्मको उच्च…
काठमाडौँ:नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले कर्जा असुलीमा अपेक्षित सुधार नभएको बताएका छन्। बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ साधारणसभामा बोल्दै उनले कर्जा असुलीमा सुधार नभएकोमा चिन्ता व्यक्त गरेका हुन्। यसले बैंकहरुको निष्क्रिय कर्जा थप बढ्ने उनको भनाइ छ। उनले भने, ‘कर्जा असुलीमा अपेक्षित सुधार भएको छैन। यसले आगामी त्रैमासिकमा निष्क्रिय कर्जा बढेर आउने सम्भावना छ।’ ब्याज मात्रैको आम्दानीमा सीमित नहुन उनले बैंकहरुलाई पनि सुझाव दिए। बैंकहरुले अन्य आम्दानी पनि हेर्नुपर्नेमा उनको जोड थियो। सरकारले सहुलियत कर्जाको अनुदान नदिँदा पनि कर्जा प्रवाह निरन्तर घटिरहेको उनले बताए।
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको बताएका छन्। शुक्रबार पेरिसडाँडामा भएको स्थायी समिति बैठकपछि बोल्दै माओवादी उपाध्यक्षसमेत रहेका सापकोटाले संसद अधिवेशन बोलाउन सरकारले ढिलाइ गरेको बताए। ‘सरकारको नियत राम्रो देखिएको छैन, सदन छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ। त्यो अध्यादेश पनि केका लागि भन्दा पार्टीहरूलाई विभाजन गर्नका लागि। यो सरकारको गतिविधि हेर्दा लोकतन्त्रमाथि निकै ठूलो समस्या पैदा हुँदैछ,’ उनले भने, ‘लोकतन्त्रको आत्मा भनेको संसद हो।’ उनले आफू सभामुख हुँदा त्यसबेलाको सरकारले मंसिरमै हिउँदे अधिवेशन बोलाउने गरेको पनि बताए। ‘अब हामी संसदमा भएका सबै पार्टीहरूसँग संवाद गरी संसद अधिवेशन बोलाउन दबाब दिन्छौं,’…
काठमाडौँ: नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै बर्तौलाले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने खालका हुनु नहुने बताएका हुन्। उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए। ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौं। सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ, हामीलाई यसो लाग्छ, कहिलेकाहीँ नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो कि भन्ने पनि लाग्छ,’ प्रचण्डलाई लक्ष्य गर्दै उनले भने। उनले समाज विभाजित गर्ने अभिव्यक्ति कसैले पनि दिन…