काठमाडौँ: यो वर्ष अहिलेसम्मकै उच्च धान उत्पादन भएको छ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार यो वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ। जुन उत्पादन गत आबको तुलनामा ४.०४ प्रतिशतले बढी हो ।
धान बाली लगाईएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक बृद्विले यो अंक प्राप्त हुन आएको देखिन्छ ।
बर्षे र चैते दुबै गरी चालु आ.व.मा कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाईएको अनुमान कायम हुन आएको छ जुन गत आ.व.को तुलनामा १.२८ प्रतिशतले कमि हो ।
औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगि हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको छ । यसै गरी सोहि अबधिमा चैते धान र बर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आ.व.को तुलनामा बृद्वि हुन गएको छ ।
प्रदेशगत विबेचना गर्दा कोशी प्रदेश, मधेश प्रदेश, लुम्विनी प्रदेश र सुदूर पश्चिम प्रदेशहरुमा कूल धान उत्पादनमा बृद्वि भएको छ भने बाँकी तीन प्रदेशहरुका उत्पादन बृद्वि नकरात्मक रहन गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो विश्लेषण अनुसार रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत बर्षको तुलनामा कमि रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमि आएको छ ।
यसै गरी नवलपरासी (पूर्व) केही भागमा बर्षे धानको बाला नलाग्ने समस्या देखा परी उत्पादनमा कमि आउँदा र लमजुङ्ग जिल्लामा धान बाली लगाईएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्राइएको क्षेत्रफलमा कमि आई उत्पादनमा कमि आएको छ ।
पछिल्ला बर्षमा जस्तै यस बर्ष पनि चैते धानको उत्पदकत्व बर्षे धानको भन्दा उच्च कायम रहन गएको छ । धान उत्पादनका प्रारम्भिक अनुमानहरुको प्रस्तुति तल तालिकाहरुमा देखाईएको छ ।
