Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बुटवल: बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुुईजना लकडाउनकै बीच भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको पुष्टि भएको छ । कपिलवस्तुुको मायादेवी गाउँपालिका-८ विजुवाका १६ र २२ वर्षका उनीहरुका वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले बताए । लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए । दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको…

Read More

काठमाडौं: कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

Read More

काठमाडौँ: सरकारले विहिबार बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुको पूर्ण पाठ सार्वजनिक गरेको छ। यस्ता छन् बैठकका पूर्ण निर्णयहरु २०७७ साल बैशाख २४ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु 1. विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण फैलिने सम्भावना देखिएकोले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/१/१४ गतेको निर्णयअनुसार सो रोग रोकथाम र निर्मूल गर्न संक्रामक रोग ऐन, 2020 को दफा २ बमोजिम मिति २०७७ वैशाख २५ गते बिहीबार मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी जारी गरिएको आदेश हाललाई मिति २०७७ जेठ 5 गते सोमबार मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने ।…

Read More

काठमाडौँ: आगामी जेठ २ गते संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश हुने कार्यक्रम तय भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नेछिन्। त्यसअघि संसदमा वैशाख २८,२९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ। गत वर्ष सरकारको नीति तथा कार्यक्रम सुरुमा पेश गरिएको थियो। तर यसपटक पहिला प्रि बजेट छलफल गर्न लागिएको हो। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले २ गते नीति तथा कार्यक्रम पेश गर्ने विषयमा मुख्य सचिव र सभामुखबीच छलफल भएको जानकारी दिए। प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको समयको टुङ्गो त्यसै अनुसार लगाउने तयारी छ। संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ।…

Read More

काठमाडौँ: सचिवालयको बैठक बिनानिर्णय टुंगिएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ। दुई अध्यक्षबीच भोलिका लागि डाकिएको सचिवालय बैठक गर्ने/नगर्ने, बैठक बस्यो भने के प्रस्ताव पेस गर्ने भन्नेबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ। यसअघि बैठकको बीचमै प्रधानमन्त्री ओली म थाकें भन्दै बैठकबाट उठेर गएका थिए। प्रधानमन्त्री बैठकमा नफर्किएपछि बैठक बिनानिर्णय टुंगिएको थियो। बैठक सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे दुई अध्यक्षबीच छलफल भइरहेको बताए। उनले भोलि स्थायी समिति बैठक बस्ने/नबस्नेबारे पनि दुई अध्यक्षले निर्णय गर्ने जानकारी दिएका थिए। ‘स्थायी कमिटी बैठकमा लैजाने प्रस्तावबारे दुई…

Read More

काठमाडौँ: संघीय संसदका सदस्यहरूको कोरोनाभाइरस परीक्षण थालिएको छ। संसद भवन बानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यको पिसिआरबाट कोरोना परीक्षण भइरहेको छ। संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ। कोरोना भाइरस संक्रमणबाट जोगाउन प्रधानमन्त्री संसद बैठकमा उपस्थित भएका बेला यस्तो दूरी कायम गर्न लागिएको हो। केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको वरपर संसद बैठक क्रममा कुनै पनि मन्त्री बस्ने छैनन्।

Read More

काठमाडौं: सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो । खाद्यन्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय भएको अर्थमन्त्री तथा सरकारका प्रबक्ता डा युवराज खतिवडाले जानकारी दिए । ‘विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग तथा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुसहितका उद्योग सञ्चालनमा ल्याउने निर्णय भएको छ,’ खतिवडाले भने । उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने…

Read More

काठमाडौँ: नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ। कांग्रेसले बुधबार पार्टी कार्यालय सानेपामा निजी क्षेत्रका विभिन्न छाता संगठनहरुको नेतृत्वसँग छलफल गरेको हो। छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्योगी व्यवसायीले दिएका सुझावहरुलाई संसद र सरकारसम्म लैजाने बताए। उनले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउनपछि सिर्जना भएका व्यवसायीका समस्या र सुझावहरुलाई प्रधानमन्त्री र अर्थमन्त्रीलाई नै भेटेर कार्यान्वयनका लागि दबाब दिने बताए। कार्यक्रममा सहभागि निजी क्षेत्रका प्रतिनिधिहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनको कारण उद्योग व्यवसायहरु बन्द भएको र यसले आर्थिक संकट निम्त्याएको बताएका छन्। उनीहरुले लकडाउनको विकल्प खोजिनुपर्ने, उद्योग कलकारखाना…

Read More

काठमाडौं: नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ ।

Read More

काठमाडौं: नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । १७ जना संक्रमित सबै पर्सा बिरगञ्जका रहेका छन्। अहिले प्रदेश एक मा सबैभन्दा बढी ३१ जना संक्रमति छन भने ३० जना प्रदेश २ मा छन्। यो संगै कुल संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। दुई महिना देखि ६६ वर्ष उमेर सम्मका रहेका छन्। जसमा ७ जना महिला र १० पुरुस छन् । यस्तै प्रदेश अन्तर्गत, प्रदेश १ मा कुल संक्रमितको संख्या ३१, प्रदेश दुईमा ३०, बागमती प्रदेशमा ७ जना,…

Read More