Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भक्तपुर : पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा यहाँ आज एक जनाको मृत्यु भएको छभने तीन जना भाइते भएका छन् । दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको डा। इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । अरनिको राजमार्गअन्तर्गत जगातीबाट साँगातर्फ जाँदै गरेको ट्यांकरले भक्तपुरतर्फ आउदै गरेको भ्यानलाई बाँसघारीमा ठक्कर दिँदा मिनिभ्यानका सहचालक मोरङ अमरदहका गाउपालिका–८ घरभइ हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी गम्भिर घाईते भएका छन् ।…
झापा : झापा गाउँपालिका –३ मा प्रहरीको गोली लागी हिजो बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई रु १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले रु ५० हजार उपलब्ध गराउने छ । त्यस्तै छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिवापत सङ्घीय र प्रदेश सरकारसँग रु १० लाख उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी अन्त्येष्टि गर्नेलगायत सहमति भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । सहमतिपछि भोली शुक्रबार परिवारले शव…
काठमाडौ: नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो । अमलेखगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र वीरगंजमा ३ जना गरी १५ जना निगमका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले रातोपाटीलाई जानकारी दिए । सोमबारको पीसीआर टेस्टमा सो क्षेत्रका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघिनै अमलेखगंजका ४ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि तीन दिनका लागि निगमले उक्त पेट्रोल पम्प सिल गरेको थियो । उक्त…
काठमाडौं: सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् । ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’
काठमाडौं: नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ थियो । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना…
काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको हो। बुधबार उपत्यकामा ३०१ जनामा संक्रमण देखिएको थियो।
काठमाडौं: निरन्तर बढिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन ‘करेक्सन’ देखिएको छ। आइतवारदेखि बुधवारसम्म निरन्तर बढेको सुचक बिहीवार ४ अंक घटेर १ हजार ४ सय ५८ मा आएको हो। कोभिडले लगानी गर्ने अन्य क्षेत्र नभएपछि सानादेखि ठुला लगानीकर्ता सबै सेयर बजारमा भित्रिएका छन्। जसले गत केही दिनदेखि सुचक बढिरहेको थियो। बिहीबार भने लगानीकर्ताहरुले नाफा बुक गर्दा सुचक तल झरेको ब्रोकरहरु बताउँछन्। सुचक थोरै घटेपनि कारोबार रकम करिब २ अर्व नजिक भएकाले भोलिका दिन सुचक फेरी माथि जाने संकेत देखिएको लगानीकर्ताहरु बताउँछन्। सुचक घटेको मौका छोपेर सेयर खरीद गर्नेहरु पनि आएकाले बजार भोलिको दिनमा फेरि उक्लिने उनीहरुको अनुमान छ। बिहीबार…
कपिलवस्तु : कपिलवस्तुमा कोरोनाभाइरसको संक्रमण दिनहुँ बढ्दै गएको छ । बिहीबार कृष्णनगर नगरपालिका क्षेत्रमा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिए । जसमध्धे ११ जना कृष्णनगर भन्सार कार्यालयका कर्मचारी रहेका छन् । त्यस्तै, दुईजना निजी स्वास्थ्य संस्थाका कर्मचारी, तीनजना ट्राफिक प्रहरी, एकजना सशस्त्र प्रहरी र एकजना व्यापारी रहेका छन् । भारतबाट नेपाल आयात हुने मालवाहक गाडीका कारण कृष्णनगर भन्सारका कर्मचारीमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
काठमाडौँ: फस्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आव ०६७/०७७ को मुनाफाबाट शेयरधनीलाई बोनस लाभांश प्रस्ताव गरेको छ। लघुवित्त कम्पीको भदा्र १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले १३.६८ प्रतिशत लाभांश समेत प्रस्ताव गरेको हो। कम्पनीले ९.५० प्रतिशत बोनस र करसहित ४.१८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ । जस अनुसार लघुवित्तले ७ करोड ६० लाख ७० हजार बराबरको बोनस र ३ करोड ३५ लाख ४ हजार बराबरको नगदगरी कुल १० करोड ९५ लाख ७५ हजार बराबको लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात…
झापा: झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ । बुधवार राति झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि विवाद सिर्जना भएको थियो । सो क्रममा प्रहरी माथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर सोही ठाउँमा ३८ वर्षीय आलम गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बुधवार राति बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो । आलमको मृत्यु भएसंगै उनका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने , धर्मनिरपेक्षताका…
