Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको यसै अवधिको तुलनामा झन्डै २३ प्रतिशतले धरै हो । अघिल्लो आर्थिक वर्षको यही बेला बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा एक अर्ब १४ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । हालसम्म बैंकले १ खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरेर १ खर्ब १५ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ । बैंकको निक्षेप १५.५१ प्रतिशत र कर्जा लगानी ७.५ प्रतिशतका दरले बढेको…

Read More

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेसनको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले आइतबारबाट लागू हुने गरी सिजीको लाइसेन्स खारेज गरेको हो। चौधरी समूहअन्तर्गतको कम्पनीलाई ७ जिल्लामा दिइएको लिमिटेड मोबिलिटी सर्भिस बेस्ड अन वायरलेस टेलिकम्युनिकेसन्स सेवाको अनुमतिपत्र कानुनअनुसार नवीकरण दस्तुरसहित निवेदन पेश नगरेकाले स्वत: रद्द भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सिजीलाई बागलुङ, पाल्पा, कञ्चनपुर, डडेलधुरा, बैतडी, बर्दिया र दैलेखका लागि लाइसेन्स दिएको थियो। २०६६ साल माघ १० गते सिजीलाई दिइएका यी लाइसेन्स १० वर्षपछि स्वतः खारेज भएका हुन्।

Read More

अफगानिस्तान(एजेन्सी) : अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ । प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरले सरकार समर्थित आदिवासी लडाकू समूह चढेको सवारी साधनलाई लक्षित गरी तालिबानले सोमबार राति जवाज्वान–सारी पुल सडकमा बारुदी सुरुङ बिछ्याएर आक्रमण गरेको जानकारी दिए । उक्त आक्रमणमा संलग्न तालिबान समूहका ११ जनाको मृत्यु भएको र उनीहरुलाई अफगान रेडक्रसलाई जिम्मा लगाइने पनि प्रवक्ता अब्दुलले बताए । तालिबानको मुख्य तारो सरकार समर्थित स्थानीय नेता तोफान रहनु भएको थियो । उहाँको नेतृत्वमा गाउँमा प्रतिरोध…

Read More

काठमाडौँ: कुशल व्यवस्थापनको माध्यमबाट असल शासन पद्धति कायम गरी आर्थिक–सामाजिक विकासमा सघाउँदै आएको नेपाल व्यवस्थापन सङ्घले आगामी शुक्रबार राजधानीमा राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर सोही दिन ३९औँ वार्षिक साधारणसभाका साथै राष्ट्रको सर्वोपरि हितका खातिर योगदान गरेका प्रशासकलाई राष्ट्रिय व्यवस्थापन पुरस्कार उपपराष्ट्रपति नन्दबहादुर पुनबाट प्रदान गर्ने जनाएको छ । शुक्रबार नै एशियाली देशका राष्ट्रिय व्यवस्थापन सङ्घहरूको छाता सङ्गठनका रुपमा रहेको एशियाली व्यवस्थापन सङ्घले नेपाल व्यवस्थापन सङ्घसँग मिलेर दक्षिण एशियाको सामाजिक–आर्थिक क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिलाई सम्मान गरिने भएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उक्त सम्मान प्रदान गर्न प्रधानमन्त्री केपी…

Read More

काठमाडौँ: लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ । कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ भने आठ समूहको…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीका बारेमा बोल्दै उहाँले नेपालमा चीनबाट फर्किएका १३ विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि परीक्षणपछि नेगेटिभ नतिजा आएको बताए । “सन् २०२० जनवरी ९ मा चीनको वुहान प्रान्तबाट पढेर आएका १३ विद्यार्थीमा परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो, पछिल्लो समयमा परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको छ”, मन्त्री ढकालले भने, “नेपालमा अहिलेसम्म यो भाइरसको सङ्क्रमण देखिएको छैन ।” नेपालमा उक्त…

Read More

काठमाडौँ: मकवानपुरको हेटौंडाकी अजिता भुजेलको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौडा ११ थानाभन्ज्याङमा सामूहिक यौनसम्पर्कपश्चात् भएकाे हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा-११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ वर्षीय आशिष बल, हेटौंडा–१४ का २१ वर्षीय ह्याक्चर भनिने बुद्ध लामा, हेटौडा-९ का १८ वर्षीय भापु भनिने सिमोन परियार र हेटौंडा- ४ का २५ वर्षीय घन्टाउके भनिने सुशील थापामगर छन् । यसरी भएको थियो अजिताको हत्या ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सहचालक हुन् सिमोन परियार। उनै सिमोनको बयानबाट हत्या कसरी भएको…

Read More

स्याङ्जा: गल्याङ बहुमुखी क्याम्पसका विद्यार्थी क्याम्पसको अध्ययनका साथसाथै कृषि कर्ममा समेत लागेका छन् । क्याम्पसमा कृषिसम्बन्धी पठनपाठन नभए पनि विद्यार्थीलाई शैक्षिक ज्ञानका साथै व्यावहारिक ज्ञान प्रदान गरी कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले गल्याङ बहुमुखी क्याम्पस कृषि तथा पशुपालन समूह गठन गरिएको छ । सोही समूहले सोमबार वडा नम्बर ११ कट्टीमा विद्यार्थीका लागि अदुवा तथा तरकारी खेतीसम्बन्धी तालीम आयोजना गरेर विद्यार्थीलाई कृषि कर्म र यसको महत्वका बारेमा जानकारी दिँदै सो पेशामा लाग्न थप हौसला प्रदान गरेको छ । तालीममा सहभागी विद्यार्थीले प्रशिक्षकले भनेअनुसार आआफ्नो जिम्मेवारीको काममा उत्साहका साथ लागेका थिए । कोही विद्यार्थी माटो चालिरहेका थिए भने कोही…

Read More

काठमाडौँ: प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐन÷नियम परिमार्जनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको छ । सडकलगायत पूर्वाधार निर्माणमा देखिएको समस्याबारे सभापति र सदस्यलाई जानकारी गराउँदै प्रतिनिधिमण्डले धरौटी रकम जफत हुने, सम्झौता अङ्कको १० प्रतिशत रकम शोधभर्नाबापत असुल गरिने, एक वर्षदेखि तीन वर्षसम्म कालो सूचीमा राखिने र ठेक्का रद्द गरिने प्रावधान संशोधन गर्न सुझाव दियो । महासङ्घको केही दिन अघि भक्तपुरमा सम्पन्न २१ औँ साधारणसभामा पारित एजेन्डाबारे जानकारी गराउँदै अध्यक्ष रवि सिंहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले ठेक्काबीचैमा छोडेमा सम्पन्न हुन बाँकी कामको लागत रकम निर्माण व्यवसायीको घरघरानाबाट…

Read More

बझाङ: सदरमुकामभन्दा अलि तल देउरा बजार आउँछ । देउरा बजारको अलि पछाडि टिनको सानो छाप्रो छ । त्यस छाप्राको बाहिरतिर सधैँजसो एक ६५÷६६ वर्षीय मानिस दिउँसोतिर घाममै पल्टिनछन् । घर परिवारबाहेक कसैले चासो नदेखाएको उनले बोलेको नबुझिने भएको रहेछ । उनी ओलकबहादुर राई हुन् । उनले भने, “म चार वर्षदेखि पाक्षाघातको बिरामी छु । उठ्न सक्दिन ।” उनकी श्रीमतीले निर्मलाले पुख्यौँली घर रामेछाप भए पनि सडकको काम गर्दागर्दै बझाङ आएको ४० वर्ष जति हुँदा पनि त्यही टहरामुनि बसेको बताए । राईलाई बिरामीले च्यापेको पनि चार वर्ष भइसक्यो । ओलकले भने, “छान्ना सडकखण्डमा काम गर्दा राति सुतेको बेला पिसाब…

Read More