Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

डोल्पा: उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९, पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले बताए । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ । हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन् ।

Read More

पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी गरेको छ। रेक्को डिभाइसले हराएकाहरूको मेटल सिग्नल पाएको उद्धार टोली कोअर्डिनेटर सुरज पौडेलले जानकारी दिए। सिम्रिक एयरका पाइलट आनन्द थापा उद्धार टोलीका प्राविधिक छिरिङ डेन्डुप भोटे, आङतासी शेर्पा र पौडेलसहितको टोलीले आइतबार दिउँसो ३ बजेदेखि हिमपहिरो गएको हिङ्कु खोलामा मानिसको सिग्नल पाएको उनले जानकारी दिए। रेक्को हराएका मानिस खोजी गर्ने विशेष यन्त्र हो। स्विट्जरल्यान्डमा तालिम लिएका सिम्रिक एयरका पाइलट थापासहितको टोलीले दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोजी गरेको थियो। हिङ्कु खोला क्षेत्रमा…

Read More

एजेन्सी: चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार आइतबार राती ९ बजेर २७ मिनेटमा ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिञ्जियाङको प्रचिन रेशममार्गसँग जोडिएको शहर काशगरबाट सय किलोमिटर पूर्वोउत्तर क्षेत्रमा रहेको जनाइएको छ । भूकम्पबाट जनधनको के कति क्षति भयो त्यसबारे विस्तृत विवरण आइसकेको छैन ।

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस काउन्सिलमा अथाह शक्ति केन्द्रित गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक २०७५ माथिको दफावार छलफलमा उहाँले काउन्सिलले मध्यस्तताको भूमिका निर्वाह गरे पनि समाचारकै कारण पीडित बनेकालाई अदालतले न्याय दिनुपर्ने धारणा राख्नुभयो । उहाँले काउन्सिलले क्षतिपूर्ति दिलाउन नसक्ने बताउँदै दण्ड, जरिवाना अदालतले भराउनुपर्ने बताउनुभयो । “यसो गर्दा न्याय पनि मर्दैन र उपभोक्ताको अधिकार पनि हनन हुँदैन”, उहाँले भन्नुभयो । उहाँले पत्रकारले जथाभावी कलम चलाउन नहुने भन्दै पत्रकारिताको विश्वसनीयतालाई कायम राख्न पनि जटिल विषयलाई अदालती पक्रियाबाटै टुङ्गो लगाउनुपर्ने औँल्याउनुभयो । “सम्पूर्ण न्यायिक निरुपणको विषय…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एव्म राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको काउण्टरको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेका थिए । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा…

Read More

काठमाडौं: ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पावर चाइना र नेपालको जलविद्युत लगानी तथा विकास कम्पनीसँग लगानी बोर्डले समझदारी (एमओयू) गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार अबको २४ महिनामा कम्पनीले परियोजनाको विस्तृत सम्भाब्यता अध्ययन सकाउनुपर्ने छ । गत असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी जीनफिङ नेपाल भ्रमणमा रहेको समयमा नै लगानी बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँग जेभी रहेको चिनियाँ कम्पनीलाई आयोजना जिम्मा लगाएको थियो । बोर्डबाट पत्र प्राप्त भएलगत्तै पावर चाइनाले नेपालको जलविद्युत लगानी तथा विकास कम्पनीसँग आयोजना कार्यान्यवन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो…

Read More

काठमाडौं: काठमाडौं उपत्यका भित्र संचालित पेट्रोल पम्पहरुलाई ट्राफिक व्यवस्थापनमा बाधा पुगेको भन्दै १८ वटा पेट्रोल पम्प हटाउन निर्देशन दिएको छ। मुख्य सवारी आवगमन हुने सडक किनारा तथा घना वस्तीमा रहेको पम्पहरु मापदण्ड विपरीत भएकाले हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ट्राफिक प्रहरी महाशाखा र आयल निगमलाई पत्राचार गरेको हो । तत्काल पम्पहरु हटाउन आवश्यक तयारी गर्न नेपाल आयल निगमलाई भनिएको छ भने सहजीकरण गर्न ट्राफिक प्रहरी महाशाखालाई कार्यालयले पत्राचार गरिएको छ । कुन कुन पम्प हट्दैछन् ? काठमाडौंका १२ र ललितपुरका ६ वटा पम्पहरु हट्नु पर्ने मन्त्रिपरिषद् कार्यालयले औंल्याएको छ । काठमाडौंको कंलकी, कोटेश्वर, महाराजगञ्ज, बौद्ध,…

Read More

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार अपराहृन बसेको नेकपा सचिवालयको बैठकले सो निर्णय गरेको हो । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । यसैबारे जानकारी दिन नेकपाले सोमबार बिहान संसदीय दलको बैठक बोलाएको छ । सभामुखका उम्मेदवार अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । सापकोटासँग १५ वर्षको शिक्षण अनुभव र शिक्षक…

Read More

काठमाडौँ: कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ। बैंकले आगामी ७ वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशनको अन्तिम तयारीमा रहेको आइतबार जानकारी दिएको हो। कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने उद्देश्यले स्थापना भएको कृषि विकास बैंक ५३औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित एक कार्यक्रममा उक्त जानकारी गराएको हो। त्यस्तै, बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिब एक हजार होमस्टे आबद्ध भएको होमस्टे एसोसिएसनसँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने…

Read More

खस्यौली: प्रदेश नं ५, प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि बुटवलमा शुरु भएको छ । सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको राजधानी तथा नामकरणसम्बन्धी उपसमितिले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरेर स्थायी राजधानी र नामकरणको विषय टुङ्गोमा पुग्ने उल्लेख गरे । उनले विगतमा प्रदेशसभामा भएका अनेकौंँ विषय छलफलबाट नै समाधान भएको स्मरण गर्दै प्रदेशसभामा देखिने जुनसुकै विषय पनि छलफलबाट टुङ्गो लाग्ने विश्वास लिएको छु भने । विपक्षी दल नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले जनमतको कदर गर्नका लागि पनि हिउँदे अधिवेशनले स्थायी राजधानी र नामकरणको विषय टुङ्गो लगाउने विश्वास व्यक्त गरे ।…

Read More