Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनह्ँ जसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ । अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताएकी छन । उनले चिसो बढे पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताइन । राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ । तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने…
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय सिरिजका लागि आज शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। जसमा तीब्र गतिका बलर कमल सिंह ऐरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। साथै सुशन भारी र कुशल मल्ल पहिलो पटक एकदिवसीय खेल्ने राष्ट्रिय टिममा परेका हुन्। १३औँ दक्षिण एसियाली खेलकुदको समयदेखि नै चोटग्रस्त रहेका सोमपाल कामी चोटकै कारण टिममा परेका छैनन्। टिममा नपरेका बसन्त रेग्मी घरायसी कारणले टिममा नराखेको बताइएको छ। ओमान र अमेरिकासँग त्रिवी…
काठमाडौ : साताको अन्तिम दिन आज शुक्रबार सुन प्रतितोला २ सयले बढेर प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार ७५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ९ सय कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य ८ सय ८५ रुपियाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।
काठमाडौं: सरकारी स्वामित्वको नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । यति धेरै पाइलटले एकै पटक राजीनामा दिएका यो पहिलो घटना हो । तीन महिनाको समयसीमा दिँदै पाइलटहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन् । उनीहरूले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको उनीहरुको भनाइ छ । अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटमा ४० जना नेपाली छन् भने विदेशी १५ जना छन् । ४० जनामध्ये २५ जनाले विहिबार सामूहिक राजीनामा दिएका हुन् । निगमले नेपाली पाइलटको…
काठमाडौँ: प्रतिनिधिसभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ । कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै उक्त प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशका माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले कर्तब्य ज्यान मुद्दाका अभियुक्त रहेका सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि मागदाबी गरेका छन् । प्रतिनिधिसभाको सभामुख चयनका लागि शुरु भइसकेको निर्वाचन प्रक्रियाअन्तर्गत (नेकपा) नेता सापकोटाको एकल उम्मेदवार परेको छ । माघ १२ गते दिउँसो…
काठमाडौँ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने बताइएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको एक नेताले जनाएका छन । विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक…
सुर्खेत : कर्णाली प्रदेश विकास परिषद्को बैठक आज शुरु भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहान ९ः०० बजेदेखि शुरु भएको बैठकमा उनले कर्णालीविज्ञ, स्थानीय सरकारका प्रमुख, परिषद्का सदस्यलाई दिगो विकासको सोचसहितको पञ्चवर्षीय आधारपत्रमा उल्लेखित सवालमाथि छलफल गर्न निर्देशन दिएका छन । बैठकको शुरुआतसँगै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद नेपालले परिषद्का सदस्यलाई स्वागत गरे । बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको योजना निर्माण, कर्णाली सोच–२१००, प्रथम पञ्चवर्षीय योजना, समष्टिगत वित्तीय क्षेत्र, पूर्वाधार, आर्थिक, सुशासन क्षेत्र, अन्तरसम्बन्धित विषय र कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन बैठकका मुख्य विषयवस्तु रहेका…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माणका लागि थप रु पाँच करोड रकम प्रदान गरेको छ । प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । काष्ठमण्डपलाई छिटो, मौलिकस्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौँ महानगरबीच सहमति भएपछि गत वर्षको जेठ २९ गते काम थालनी गर्न कामपाले रु ५० लाख र त्यसै वर्षको असोज २७ गते थप रु पाँच करोड उपलब्ध गराइसकेको थियो । रकम हस्तान्तरण गर्दै कामपाका प्रमुख शाक्यले गोर्खा भूकम्पका कारण क्षति भएको र आफ्नो अधिकारक्षेत्र भित्रपर्ने सबै सम्पदाको पुनःनिर्माण आफ्नै कार्यकालमा सक्ने दाबी गर्नुभयो…
काठमाडौं: पछिल्ला दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दा असुली तीव्र बनाएको छ। चन्दा असुलीको सूचना गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवै ठाउँमा पुगेको छ। तीन वटा पत्रअनुसार नेकपाको कीर्तिपुर नगरपालिका इन्चार्च राजु पुतुवारले विभिन्न शिक्षण अस्पताल, संघसंस्था, रेस्टुरेन्ट, उद्योगी÷व्यवसायी एवं निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा संकलन गरिरहेको उल्लेख छ। गृहले प्रहरी मुख्यालयलाई अनुसन्धान गरि कारवाही गर्न निर्देशन दिएको छ। गृहका शाखा अधिकृत लोकमान श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा ‘चन्दा संकलनबारे आवश्यक निगरानी बढाएर कानुनविपरीत कार्यमा संलग्नलाई नियमानुसार कारवाही गरि सो कारवाहीको जानकारी यस मन्त्रालयमा गराउनु।’ उनकै हस्ताक्षरको अर्को पत्रमा विप्लवका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही हाल काठमाडौंको कलंकी, स्युचाटार क्षेत्रमा बसी…
काठमाडौं: सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी पाँच सदस्यीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै ४७० विघा जग्गा सरकार तथा गुठीको नाममा ल्याउने निर्णय गरेको छ । साथै यसमा संलग्नहरुमाथि भ्रष्टाचार र कीर्ते तथा ठगी मुद्दा चलाइनेछ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहनरमण भट्टराई आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय गरेको हो । ‘तीन वटा गुठीका जग्गा छन्, अरु सरकारी । यो सबै गर्दा व्यक्तिको नाममा पुगेको ४६७ विघा ४३ रोपनी (४७० विघा) जग्गा फिर्ता ल्याइन्छ’ भूमिव्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले भनिन् । धरानको सर्दु जलाधार क्षेत्रको मात्र ३४८ विघा जग्गा व्यक्तिको नाममा पुगेको पाइएको छ । सरकारले प्रतिवेदनअनुसार गुठी जग्गा…