Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नेपालले यसवर्ष भ्रष्टाचार व्याप्त मुलुकहरुमध्ये ११३ औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा आज बिहीबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१९ का अनुसार नेपालले मात्रै ३ अंकको सुधार गरेको छ । ‘सीपीआई २०१९ मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाले गरेका सर्वेक्षणका विविध आयाममध्ये सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको देखिन्छ,’ ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘तर पनि सरकारको भ्रष्टाचार विरोधी…
बनियानी: झापा भद्रपुरको दुई भिन्न स्थानबाट प्रहरीले १८ गाईगोरु नियन्त्रणमा लिएको छ । नेपालबाट अवैधरुपमा लैजान लागिएको ती गाईगोरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राति अवैधरुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको तीन वटा गोरु र पाँच वटा गाई भद्रपुर–४ स्थित रङ्गेडाँडाबाट नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरीले भद्रपुर–३ स्थित ७ नम्बर पिलरबाट अवैधरुपमा भारततर्फ लाँदै गरेको गोरु नियन्त्रणमा लिएको छ । प्रहरीचौकी किच्चकबधबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा आठ गोरु नियन्त्रणमा लिएको हो ।
बेत्रावती: नुवाकोट जिल्लाको विकासमा चालू आर्थिक वर्ष २०७६÷७७ को विनियोजित बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । आवको आधा समय छ महिना पूरा हुँदा जिल्लामा संघीय सरकार मातहतका कार्यालयले २७.५ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयको बजेट पाँच प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार संघीय सरकार मातहतका जिल्लाका ४६ कार्यालयमा चालू आवमा प्राप्त बजेट रु तीन अर्ब ३१ करोड मध्ये छ महिनामा रु ८८ करोड सात लाख (२७.५ प्रतिशत) खर्च भएको छ । कार्यालयका प्रमुख दिवाकरण घिमिरेका अनुसार जिल्लामा प्रदेश सरकार मातहतका सरकारी कार्यालय र प्रदेश सरकारबाट अनुदानप्राप्त गरेका स्थानीय सरकारसमेतका…
काठमाडौँ: तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ । जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकनकर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो । अवलोकनकर्ताको ध्यानलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागेको सदर चिडियाखानाले जनाएको छ । पहिलोपटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यासरत रहेको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए । अनलाइनबाट टिकट काट्ने व्यवस्थासँगै अवलोकनकर्ताको…
न्यू साउथ वेल्स(एजेन्सी) : अस्ट्रेलियामा महिनौदेखि फैलिएको डढेलो निभाउन उडेको एक विमान दुर्घटना भएको छ । यस दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आज बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा भेटिएको जनाइएको छ। क्यानेबेरादेखि २ घन्टा टाढा उक्त क्षेत्रमा विमानमा सवार सबै मृत भेटिएका छन्। विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। अस्ट्रेलियामा अक्टोबर महिनादेखि भीषण आगलागी जारी छ। झाडीमा लागेको डढेलो जंगरभरी फैलिएको छ। हालसम्म यस डढेलोले अस्ट्रेलियाका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्। २८ जनाभन्दा बढीको मृत्यु…
काठमाडौं: नेपाल–चीन रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली नेपाल आउने भएको छ । चिनियाँ नयाँ वर्षपछि प्राविधिक टोली नेपाल आउने रेल विभागको आशा छ । काठमाडौं–केरुङ, काठमाडौं–पोखरा तथा पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी छ । त्यसअनुसार, तीन वटै रेलमार्गको सम्भाव्यता अध्ययन चीनले आफ्नै खर्चमा सुरु गर्र्नेछ । वातावरणीय अध्ययन भने नेपाली पक्षले गर्ने योजना छ । चिनियाँ पक्षले गत १० मंसिरमा डीपीआरसम्बन्धी समझदारी भएपछि नयाँ वर्ष मनाएर प्राविधिक टोली पठाउने अनौपचारिक जानकारी दिएको थियो । ‘नयाँ वर्षपछि नै चिनियाँ टोली आएर काम थाल्छ भन्ने अपेक्षा हामीले गरेका छौं,’ रेल…
राँझा: बाँकेको जानकी गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको सम्झौता गाउँसभाबाटै रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार गाउँसभाबाट इशा निर्माण सेवा र सुनिता निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने प्रस्ताव पारित गरेको हो । इशा निर्माण सेवाले गाउँपालिकाको वडा नं ६ मा सडक ग्राभेल तथा सुनिता निर्माण सेवाले वडा नं २ मा सडक ढलान तथा नाली निर्माणको ठेक्का सम्झौता गरेका थिए । आव २०७४÷७५ मा सम्झौता भएकामा काम सम्पन्न…
मोरङ: मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना भएको हो। दुर्घटनामा परी सहचालकसमेत रहेका बसधनी विराटनगर-१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घनपालथान गाउँपालिका वडा नम्बर-४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते छन्। उनीहरूको अवस्था सामान्य छ। बसका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सर्लाही: जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ । नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।
सप्तरी: इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ । आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।