Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

तुलसीपुर: दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका छन् । यी गाउँपालिकामा बाल विवाह गर्नेको सङ्ख्या कम हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकार पक्ष निकायले प्रतिबद्धता जनाएका हुन् । “गाउँपालिकाले यसअघि पनि बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ”, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भन्नुभयो, “तर पनि अझै न्यूनीकरण हुन सकेको छैन, आगामी दिनमा यस्ता कार्यक्रमलाई थप निरन्तरता दिनेछौँ ।” बाल विवाहले प्रजनन् स्वास्थ्यमा पनि निकै ठूलो असर पर्ने भन्दै यसको न्यूनीकरण अपरिहार्य रहेको उनको भनाइ थियो । उनका अनुसार अहिले बाल विवाहले पार्ने प्रभावका विषयलाई समेटेर विद्यालयहरुमा…

Read More

काभ्रेपलाञ्चोक: धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल टे«निङ सेन्टर (टीटीसी), प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो । केयू प्रशासनले यही माघ १३ गतेको विशेषसभामा सहभागी गराउन र सो सभामा मागबारे सम्बोधन गर्ने जनाएपछि आन्दोलनरत केयू प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै “हाल आन्दोलनका क्रममा निर्धारण भएका पूर्वनिर्धारित थप कार्यक्रम स्थगन गर्दै अन्य कार्य सञ्चालन गर्न सहजीकरणका लागि आवश्यक वातावरण सिर्जना गर्ने निर्णय गरेका छौँ”…

Read More

काठमाडौं: चिनी मिलले सम्झौता पालना गरेका भए माघ ७ भित्र उखु किसानले पुरानो बाँकी सबै भुक्तानी पाउनुपर्ने भए पनि पाउन सकेन् । आठ चिनी उद्योगले किसानलाई १ अर्ब २ करोड रुपैयाँ दिन बाँकी छ। आफैंले तोकेको म्यादमा जम्मा ३ उद्योगले १६ करोड १४ लाख रुपैयाँ मात्रै उपलब्ध गराएको उद्योग विभागले जनाएको छ। ‘हामीले जति प्रयास गरे पनि उद्योगीहरू अटेर गरी सम्पर्कमै आउन मानेनन्’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘चिनी उद्योगबाट अझै १ अर्बभन्दा बढी रकम भुक्तान हुन बाँकी छ।’ अटेरी उद्योगीविरुद्ध कस्तो कारबाही गर्ने भनेर मन्त्रालय छलफलमा जुटेको छ। यसै साता मन्त्रालयका तर्फबाट कठोर नीति अवलम्बन गर्ने…

Read More

काठमाडौं : आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीनमहिने कार्यविधि तय गरेको छ। केन्द्रीय संगठन विभागले बनाएको कार्यविधिलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयन गर्न पठाएको नेकपाले जनाएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको हस्ताक्षरपछि पार्टीले ‘विशेष परिपत्र ७’ मार्फत् कार्यविधि पार्टी पंक्तिमा पठाएको छ। केन्द्रीय कार्यालयसँग संगठित सदस्यको आधिकारिक अभिलेख छैन। साबिक एमाले र माओवादी केन्द्रको एकतायता नेकपाले संगठित सदस्यता नवीकरण गर्न सकेको छैन। अब उसले तत्कालीन एमाले र माओवादीमध्ये साबिक कुन पार्टीको संगठित सदस्य रहेको पहिचानसमेत खुल्ने अभिलेख राख्ने भएको छ। एकताको अघिल्लो दिन…

Read More

एजेन्सी: घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) को प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय उहाँ परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि उनको अवस्थाबारे सर्बत्र चासो व्यक्त गरिएको थियो । तर पछि चीन सरकारले भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको पुष्टि गरेको थियो । चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका पूर्व इन्टरपोल प्रमुख मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अदालतसमक्ष स्वीकार्नुभएको चीनले बताएको छ । मङले व्यक्तिगत फाइदाका लागि…

Read More

एजेन्सी: ‘कोरोनाभाइरस’ नाम दिइएको चीनमा भेटिएको रहस्यमयी रोगका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म छ पुगेको चिनियाँ अधिकारीले बताएका छन् । चीनको मध्य क्षेत्र वुहान शहरमा केही हप्ता पहिले देखिएको ‘कोरोनाभाइरस’ का कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म चार रहेकोमा उपचाररत दुई थप बिरामीको मृत्यु भएपछि मङ्गलबारसम्म यस रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ, वुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीलाई जानकारी गराएका छन् । उक्त रोगबाट प्रभावितहरूको सङ्ख्या २९१ पुगेका साथै सोमबार र मङ्गलबार गरी थप ८० विरामी उपचारका लागि अस्पतालहरूमा पुगेको उनले बताए । रोगको प्रकोप विस्तारै चीनबाट बाहिरी देशमा पनि फैलिएका खबरसँगै सावधानीका लासग एशियाली…

Read More

एजेन्सी: बेलायती राजकुमार ह्यारी मङ्गलबार क्यानडा पुगेका छन् । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेकी थिइन् । ‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उनकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन विताउनुहुने बताइएको छ । मेगन छोरा आर्चीसँगै यस पहिल्यैदेखि क्यानडामा रहँदै आएकी थिइन् । उनीहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन् । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ । आइतबार लण्डनमा भएको एक कार्यक्रम गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका थिए ।…

Read More

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ भने । मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने,“अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।”नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको बताउँदै उनले भने, “निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल छ, त्यो…

Read More

विराटनगर । संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहहरु संग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान ) निर्माण गर्ने र उक्त योजना कार्यान्वयन गर्ने भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रममा देशै भरिको वास प्लान बनाउने तयारी भएको जानकारी गराइयो । कार्यक्रममा प्रदेश १ सरकारका मुख्य मन्त्री शेरधन राईले संविधानमा उल्लेखित खानेपानी र सरसफाइमा जनताको पहुँच पु-याउने मौलिक हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दीगो विकास लक्ष्य हासिल गर्ने दिशा तर्फ प्रदेश सरकार अघि बढिरहेको…

Read More

काठमाडौं:स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा बौद्घिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भने…

Read More