Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: वैदेशिक रोजगार विभागले घानामा सुरक्षा गार्ड पठाउने नाममा ठगी गरेको म्यानपावर कम्पनीलाई एक करोड २१ लाख रुपैयाँ क्षतिपूर्तिसहित जरिवाना तिराउने निर्णय गरेको छ । विभागले बीएण्डबी एचआर म्यानेजमेन्ट कम्पनीमाथि १५ जना पीडितलाई क्षतिपूर्ति र जरिवाना बापतको रकम तिर्नुपर्ने निर्णय गरेको हो । म्यानपावरले मासिक एक हजार ५ सय ७० अमेरिकी डलर तलब पाउने भन्दै प्रतिव्यक्ति ११ लाख रुपैयाँसम्म असुलेको थियो । घाना पुगेर फर्केका कामदारले म्यानपावर विरुद्ध उजुरी दिएपछि बिभागले कारबाही गरेको जानकारी विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले दिए । विभागले ८ जना पीडितलाई ५८ लाख ३० हजार क्षतिपूर्ति दिनुपर्ने र ७ जनालाई ५९ लाख ७६ हजार…
काठमाडौँ: नेपाल बैंकर्स संघले आवधिक कर्जा, घर कर्जा हायर पर्चेज कर्जा जस्ता गैरव्यवसायिक कर्जाको किस्ता निर्धारणमा थ्रेसहोल्ड लगाउन माग गरेको छ । राष्ट्र बैंकले व्यक्तिगत तथा हायर पर्चेज प्रकृतिका कर्जाहरुको आम्दानी–ऋण भुक्तानी अनुपातमा त्यस्तो थ्रेसहोल्ड लगाउने विकल्प अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई दिएको हो । सोमबार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका पदाधिकारीसँगको छलफलमा संघले यस्तो माग गरेको हो । सो छलफलमा अर्थमन्त्री युवराज खतिवडा, अर्थसचिव राजन खनाल, राजश्व सचिव शिशिर ढुंगाना, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अनुसन्धान विभागका प्रमुख गुणाकर भट्ट, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल लगायत सहभागी थिए । बैठकमा…
काठमाडौँ: धरान उपमहानगरपालिकाले पूर्वमेयर ध्यानबहादु राईको निधनको शोकमा मंगलबार बिदा घोषणा गरेको छ । नगर कार्यपालिका मातहतका कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । २०४९ सालमा धरानको मेयर बनेका राईको उपचारका क्रममा सोमबार निधन भएको हो । ६० वर्षीय राई क्यान्सरका बिरामी थिए । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतले उनको निधनमा दुःख व्यक्त गरेका छन् ।
काठमाडौँ: माघ १२ मा रिक्त प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो । माघ ६ गतेपछि अर्को बैठक ६ दिनपछि अर्थात माघ १२ गते बोलाउने र त्यही दिन सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा प्रतिनिधि सभाका जेष्ठ सदस्यले आगामी बैठकमा सभामुखको निर्वाचन हुने सूचना पढेर सुनाउने तयारी भएको संसद सचिवालयले जनाएको छ । सोमबार दोस्रो बैठक अपरान्ह ४ बजे बोलाइएको छ । यसअघि संसदका जेष्ठ सदस्यका रूपमा प्रतिनिधि सभाको अध्यक्षता गर्न सांसद महन्थ ठाकुरले शपथ लिँदैछन्…
काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सक्रियतामा भूकम्प पिडितका लागि गोर्खाको लाप्राकमा ‘एनआरएन नमूना बस्ती’को निर्माणको काम पुरा भएको घोषणा गरिएको छ । संघले सोमवार उक्त जानकारी गराएको हो । आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको संघले उल्लेख गरेको छ । संघको ७१ औं बैठकका निर्णय सार्वजनिक गर्दै गैरआवासीय नेपाली संघले निर्माणको काम सकिएको जानकारी गराएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको सम्पूर्ण काम सकिएको जानकारी दिएका छन् । उनका अनुसार अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको छ, हिउँ पग्लिएपछि बाँकी रहेको काम सम्पन्न गरी हस्तान्तरण गर्ने योजना छ ।…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने भएको छ । कांग्रेस सचेतक पुष्पा भुसालबाट सभामुखमा उम्मेदवारी दिने तयारी भइरहेको एक नेताले बताएका छन । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवारी दिएको थिएन । हिजो आइतवार नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको गरिसकेको छ।
काठमाडौं : संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले आज पदबाट राजीनामा दिएकी छन । आज सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले आफ्नो राजीनामा पेश गरेकी हुन । संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’ बैठकको शुरु भएसँगै कार्यसूची हटाएर उपसभामुख डा। शिवमाया तुम्वाहाम्फेले राजीनामा सम्बोधन गरेकी थिइन् । उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ भन्ने मेरो विश्वास छ,’ उनले भनिन् । सवैधानिक ओहोदामा बसुन्जेल दलको निर्देशन नहुने उनको…
काठमाडौं: मस्र्याङदी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पहल सुरु गरिएको छ । आयोजनाको उदीपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नं ४ र ५ का बासिन्दाले रुट परिवर्तन माग गर्दै एक वर्षअघिदेखि प्रसारण लाइन निर्माणमा अवरोध गर्दे आएका छन् । नेपाल विद्युत प्राधिकरणले सुरुमा मस्र्याङदी नदीको किनारै किनार प्रसारण लाइन निर्माणको डिजाइन तयार गरेको थियो । तर, नागरिक उड्यन प्राधिकरणले त्यहाँ लाइन निर्माण गरिएमा पालुङटार एयरपोर्टमा विमान उडान र अवतरण गर्न नसकिने बताएपछि रुट परिवर्तन गरिएको थियो । प्राधिकरणले एयरपोर्ट एवं प्रस्तावित स्मार्ट पालुङटार सिटीलाई असर नपर्ने…
हेटौँडा : वागमती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेका छन । सिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुर्दशन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आएकी डा शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो । सिफारिस गरिएका दुवैजनालाई आज शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ हुन ।
काठमाडौ : लाइसेन्स खारेजीको निर्णय सरकारले उल्टाएपछि व्यापारी अजयराज सुमार्गीको लगानी रहेको स्याटलाइट टेलिकमले सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन निवेदन पेश गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गर्ने निर्णय गत साताको मन्त्रिपरिषद्को वैठकले उल्टाएको थियो । प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिन सुमार्गीको कम्पनीले आइतबार निवेदन दिएको स्रोतले पहिलोक्लिकलाई बताएको छ । हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स गत भदौ १ गते प्राधिकरणले खारेज गरेको थियो । लाइसेन्स खारेज भएपनि ३५ दिनभित्र सरकारसमक्ष कम्पनीले पुनरावेदन गर्न पाउने कानुन व्यवस्थाअनुसार उसले मन्त्रिपरिषद्मा निवेदन दिएको थियो। उक्त निवेदनपछि मन्त्रिपरिषद्को वैठकले सुमार्गीको पक्षमा…