Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल प्रहरीले १२२ चिनियाँ नागरिक पक्राउ गरेको घटनामा आज भन्दा तीन महिनापहिले नै चिलीमा भएको इन्टरपोलको ८८ औं महासभामा चिनियाँ प्रहरी अधिकारी र प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबीच सूचना आदान प्रदान भएरै सो ओपरेसन चलाइएको प्रहरीले दावी गरेका छन् । चिलीमा आयोजित इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ पक्षले नेपाली पक्षलाई चिनियाँ नागरिकहरु नेपालमा बसेर साइबर अपराधको गतिविधि गरिरहेको सूचना दिएपछि त्यसबारे निगरानी थालिएको थियो । चीन र नेपालको संयुक्त अपरेशनमा १२२ चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको नेपाल प्रहरीले स्वीकार गरेको छ । यो अपरेशनलाई ‘चार्ली फोक्स्टर’ नाम दिइएको छ । सोमबार एकैदिन काठमाडौंका बिभिन्न स्थानबाट १२२ जना चिनियाँ…
काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षको प्रभात यादवको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको च१च १३८१ नंको स्कोरपियोले विपरीत दिशाबाट आउँदै गरेको यादव सवार स१०प ८२५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
काठमाडौं : समाजवादी पार्टीले सरकारबाट बाहिरिएको औपचारिक घोषणा गरेको छ । पार्टीको आज बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकार त्यागेकाले उसलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै अध्यक्ष उपेन्द्र यादवले यस्तो घोषणा गरेका हुन। उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए । केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले हिजो मंगलबार आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा समेत दिएका…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौँ विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौता कार्यक्रममा सहभागी भएका उनले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताएका हुन । ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौँ विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा डा रामकण्ठ माकजु श्रेष्ठबीच आज बुधबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । “राजनीतिक सङ्क्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौँ । सामाजिक न्यायसहितको समानता,…
काठमाडौं : आउने माघ १ गतेदेखि वाणिज्य बैंकहरुलाई विद्युतीय माध्यमबाट (गोएमएल) प्रतिवेदन पेश गर्न निर्देशन जारी भएको छ । नेपाल राष्ट्र बैंकले हिजो मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गर्दै शंकास्पद क्रियाकलापको सूचना दिन, जोखिम मुल्यांकन प्रतिवेदन पेश गर्ने र सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ । केन्द्रीय बैंकले २०७६ माघ १ गतेदेखि वाणिज्य बैंकहरुलाई विद्युतीय माध्यमबाट प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिएको छ । साथै, आउने साल २०७७ साउन १ गते देखि बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय (गोएमएल) माध्यमबाट मात्रै प्रतिवेदन पेश गर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले…
काठमाडौँ : बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले भोली बिहीबार अर्थात पुस १० गते बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ । सर्वसाधारणमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकनको व्यवस्था गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए । समितिको कार्यालय कीर्तिपुरमा टेलिस्कोपमा सोलार फिल्टर जडान गरी सुरक्षित तरिकाबाट अवलोकनको व्यवस्था गरिएको उनले बताए । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट सूर्यग्रहण अवलोकनको व्यवस्था मिलाएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । समितिले नेपालका तीन स्थानबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्यसमेत सार्वजनिक गरेको छ ।…
भद्रपुर : च्याउ उत्पादक किसान सङ्घ नेपालले राष्ट्रिय च्याउ जागरण अभियान सुरु गरेको छ । अनाधिकृत रुपमा भारतबाट आयत हुने कम गुणस्तरका च्याउको आयात बन्द गर्न, स्वदेशमै भइरहेका गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न सरकारसँग माग गर्दै आजदेखि मेची महाकाली यात्रा शुरु गरेको हो । आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट राष्ट्रिय च्याउ जागरण अभियान २०७६ को उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरे । देशभरका ३५ हजार च्याउ किसान सङ्गठित भएको संस्थाले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले बताए । उनले यात्रामा मेचीदेखि महाकालीसम्मका २९ वटा स्थानमा च्याउ किसान, व्यवसायी,…
काठमाडौँ : सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउने काम चुनौतीपूर्ण बनेको छ । उद्धार गरिएकाहरुले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरुलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ । परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरु पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् । “परिवारबारे जानकारी लिनका लागि उनीहरुलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ”, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने । पछिल्लो समय काठमाडौँ महानगरपालिका सडकमा आफ्नो जीवन बिताइरहेकाको संरक्षण जुटिरहँदा यस्ता किसिमका समस्या देखापरेको हो । कामपाले आफ्नो २५औँ…
काठमाडौं ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा अध्यक्ष शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति हुन नसकेपछि भोली पुुस १० गतेका लागि बोलाइएको बैठक पर्सी शुक्रबार पुस ११ गते बस्ने भएको हो । मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन ।
काठमाडौँ : राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले उक्त माग गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गरेका थिए । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य जितेकालाई रु तीन लाख दिने घोषणा गरिएको थियो । सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण…