Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

कलैया: बारामा विभिन्न कारणले किसानले लगाएको धान उत्पादनमा यस वर्ष कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले कृषकले लगाएको चैते, भदैया, अगहनी धानको उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । यो वर्ष चैते १२ हजार ११३ हेक्टर, भदैया धान ११ हजार ९३० हेक्टर र अगहनी धान ३४ हजार १६३ हेक्टरसमेत गरी कूल ५८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती भई एक लाख ३७ हजार ६२६ दशमल ३२ मेट्रिक टन धानको प्रतिक्विन्टल रु दुई हजार २०० का दरले रु तीन अर्ब…

Read More

काठमाडौँ: विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद्को यस पाँचौँ अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारवाहीको प्रक्रियामा छन् । शान्ति र सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी, राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय मानवाधिकार आयोग (पहिलो संशोधन), सार्वजनिक ऋण व्यवस्थापन, बैंक तथा वित्तिय संस्थासम्बन्धी (पहिलो संशोधन), नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन), धितो ऋणसम्बन्धी (पहिलो संशोधन, कारगार र पशु स्वास्थ्य तथा पशु सेवा…

Read More

तुलसीपुर: दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ३६ हजार ३४९ रहेकोे भन्दै कृषि ज्ञान केन्द्रका सहायक सूचना अधिकारी फिर्तुमान चौधरीले सोहीअनुसार खाद्यान्न आवश्यक पर्ने जानकारी दिए । उनका अनुसार दाङमा वार्षिक एक दशमलव ७८ प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको छ । दाङमा प्रतिव्यक्ति १८१ किलोग्रामका दरले खाद्यान्न आवश्यक पर्ने गरेको उनको भनाइ छ । बचतका हिसाबले आठ हजार ४०१.८३ मेट्रिक टन बचत हुँदै आएको छ । प्रतिव्यक्ति…

Read More

दैलेख: जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताए । वडा नं १ का वडाध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राति १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजीकार्यमा लागेको बताए। गाउँपालिकाका उपाध्यक्ष सुस्मीता शाहीले भने घटनाको बारेमा आफूलाई प्रहरीले जानकारी दिएको उल्लेख गरे…

Read More

गाईघाट: गैरकानूनी रूपमा सिकार गर्ने कार्यले उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भिरपाखामा विगतमा पर्याप्त पाइने गरेको दुर्लभ पक्षी हुचिल हिजोआज यस क्षेत्रबाट लोप हुँदै गएको छ । बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिरपाखाको बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढी नगरपालिकाको कटुञ्जेबबला र चौदण्डीको पाखा पहरातिर व्यापक पाइने गरेको हुचिल हिजोआज गैरकानूनी रूपमा सिकार भएका कारण विस्थापित वा लोप हुँदै गएको चौदण्डी बबलाका रामबहादुर तामाङले बताए । “केही वर्षअघिसम्म चौदण्डीको कटुञ्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिलहरु पर्याप्त पाउने गरेको थियो, तर केही वर्षयता आएर यसको सिकार हुन थालेको…

Read More

राँझा: नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेशस्तरीय कार्यक्रम पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट शुभारम्भ गरिने भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । नयाँ वर्षकै दिनमा प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलबाट भ्रमण वर्ष शुभारम्भ हुने कार्यक्रमले ठाकुरद्वाराका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएको पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताए । उनका अनुसार भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई सफल बनाउन स्थानीयस्तरबाट पनि पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा भव्य तयारी गरिएको छ । भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले समग्र बर्दियाको पर्यटन व्यवसायलाई फाइदा पुगेको उनका भनाइ छ । यहाँका पर्यटन तथा होटल व्यवसायी धर्मराज घिमिरेले प्रदेश सरकारले ठाकुरद्वारामा शुभारम्भ गर्न लागेको भ्रमण…

Read More

चौतारा: पैँतालिस मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आजदेखि व्यापारिक उत्पादन शुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन सुरु भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताए । विसं २०७२ को भूकम्प र बाढीपहिरोलगायत पटकपटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द रहेको थियो । निजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको दुवै युनिट सञ्चालनमा ल्याइए पनि हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पीङकट्टीको झिर्पुमा विद्युत् गृह रहेको आयोजनाको पुनःनिर्माणका लागि यही पुसको…

Read More

बनेपा: बेथानचोक गाउँपालिका–२ मूलडाँडाका किसान हुद्धराज तिमल्सिनाले दूध बेचेर महिनामा रु २५÷२६ हजार आम्दानी गर्दै आएका छन् । दैनिक २० देखि २२ मानासम्म दूध बेच्ने गरेको उनले गाउँमा किसाने काम गरेर राम्रो आम्दानी गरेको हो । भैँसी पालेर दूध बेच्दै आएका उनले महिनाको घर खर्च र बस्तुभाउलाई दाना ख्वाउँदा लागेको खर्च कटाएर रु १४÷१५ हजार नियमित बचत हुने गरेको बताए । उनले भने, “कृषि पेशासँगै ज्याला गरेर पनि आम्दानी गर्दै आइरहेको छु ।” चार जनाको परिवार पाल्नका लागि गाउँमा नै वस्तु पालेर राम्रो आम्दानी भइरहेको उनको भनाइ छ । गाउँका सबै किसानले गाईवस्तु नै पाल्ने गरेकाले दूध उत्पादनबाट…

Read More

धम्बोझी: अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताए । उनले भने, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्र्ने सम्भावना रहन्छ ।” उनका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको छ । हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका लागि जान लागेका थिए । सीमा नाकाबाट उद्धार गरी नेपालगञ्जस्थित सिविन बाल हेल्पलाइनमा ल्याइएका उनीहरूले गोरखपुर जान लागेको बताएका थिए । जमुनाहा इलाका…

Read More

रुपन्देही: लाफा समूहको आयोजनामा प्रदेश नं ५ को सर्वाधिक धनराशिको ब्याडमिन्टन प्रतियोगिता बुटवलमा शुरु भएको छ । प्रतियोगितामा खुलातर्फ ८० र भेट्रानतर्फ ३२ टोलीको सहभागिता छ । खुलातर्फ उपाधि विजेता टोलीले नगद रु ५१ हजार १११, दोस्रो टोलीले नगद रु ४१ हजार १११ तथा तेस्रो टोलीले नगद रु ३१ हजार १११ नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी भेट्रान्सतर्फ उपाधि विजेता टोलीले नगद रु २१ हजार १११, द्वितीय टोलीले नगद रु १५ हजार १११ तथा तृतीय टोलीले नगद रु १० हजार १११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष तारासिंह रेश्मीले बताए । प्रतियोगिताको शनिबार उद्घाटन…

Read More