Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

कैलाली: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आव २०७६÷७७ को चार महिनाको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यान्न तथा दलहन खाद्यपदार्थ जफत गरी नष्ट गरेको छ । कार्यालयले साउनदेखि कात्तिक महिनाको मसान्तसम्म गरेको बजार अनुगमनबाट म्याद गुज्रेका तथा खानका लागि अयोग्य २५६ किलोग्राम खाद्यान्न जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख सुमन धितालले जानकारी दिए । त्यसैगरी कृत्रिम चुक ६०० लिटर, हल्का पेयपदार्थ ४१३ लिटर, माछामासु ४० किलोग्राम, तेल तथा घीउ १२ लिटर र मसलाजन्य वस्तु पाँच किलोग्राम जफत गरी…

Read More

चितवन: नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले गिरफ्तारमा परेका अगुवा कृषकको रिहाइको माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका पाँच कृषकको रिहाइको माग गरेको हो । सङ्घका अध्यक्ष शिवराम केसीले सप्लायर्सले आफूखुशी मूल्य निर्धारण गरेको विषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाई लिई कृषकलाई झुटो मुद्दा लगाई फसाउने काम गरिएको दाबी गरे । सङ्घले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा अण्डा खरिद गर्ने गरी उनीहरुले निर्णय गरेको सङ्घको आरोप छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रहरीले कुखुरापालक कृषक प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दीपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको…

Read More

भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छोराछोरीको पढाई र घर खर्च चलेको बताए । एकचालीस परिवार राना थारुको बसोबास रहेको नयाँ कटानमा ३८ परिवारले आफूसित भएको खेतमा तरकारी फलाएर भीमदत्तनगर बजार, सब्जीमण्डी र स्थानीय बस्तीमा बिक्री वितरण गर्दै आएका छन । गत वर्ष तरकारीबाट रु दुई लाख आम्दानी भएको बताउँदै तुलसीरामले तरकारीबाटै आएको आम्दानीले माइलो छोरा कपिललाई भीमदत्तनगरमा इन्जिनीयरिङ विषय पढाइरहेको बताए । “जेठो छोरा मजदुरीका लागि वैदेशिक…

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको बताएका छन । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भने, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

Read More

स्याङ्जा: जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरुले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कैदीबन्दीहरुलाई शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागार प्रमुख चूडामणि भण्डारीले बताए । पचास जनाको क्षमता भएको जिल्ला कारागारमा हाल १५७ कैदीबन्दीलाई राखिएको छ । कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाइँले पानीको समस्याले सरसफाइमा समेत समस्या परेको बताए । चापागाइँले भने, “यहाँ यति धेरै जना कैदीबन्दी छौँ तर पर्याप्त शौचालय नहुँदा शौचालय जाँदा लाइन लागेर बस्नु पर्ने बाध्यता छ ।” चापागाइँका अनुसार शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नु पर्ने हुन्छ । अर्का कैदीबन्दी दिनेश गुरुङले कारागारमा सुत्ने ठाउँको…

Read More

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । हिजो आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि अस्पताल लाने क्रममा भट्टराईको मृत्यु भएको हो । उनको निधनको कारण भने अझै खुलेको छैन । निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि उनी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो…

Read More

काठमाडौँ : प्रत्येक घरबाट दिनहु काम नलाग्ने सामान जस्तै: प्लास्टिक, बोत्तल, कागज, फलाम आदि निस्किरहेको हुन्छ । यस्ता सामान कतिले फोहोर संकनल गर्न आउनेलाई दिन्छन त कतिपयले जम्मा गरेर कवाडीवालालाई बेच्छन । खालीसिसी पुरानो कागज भन्दै ठुला ठुला आवाजमा कुनै व्यक्ति कराएर हिडेको सुन्दा केहि नौलो लाग्दैन अहिले सहरी छेत्रहरुमा । प्रत्येक दिन बिहान देखि बेलुकासम्ममा एकचोटी त यो आवाज नसुनेर दिननै कट्दैन होला सायद सहरवासीहरुको । प्रयोगमा नआएको सामान बेच्न पाउने हुदा कति रमाउछन त कतिलाई झर्को पनि लाग्ला उनको आवाज । येस्तै खालीसिसी पुरानो कागज भन्दै आफ्नो गुजारा चलाउने सर्लाहीका हितेश्वोर यादव साँखुका चोक र गल्लीको…

Read More

काठमाडौं : प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले सुझाएको छ । साथै समितिल यहाँको स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन तयार पारेको छ । यो प्रतिवेदन समितिले आज सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने जनाएको छ । समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो । स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको समितिका एक सदस्यले जानकारी दिए । हिजो आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । प्रदेशको स्थायी राजधानी र नामाकारण…

Read More

चितवन: अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्र मार्फत विक्री वितरण गर्न लागिएको हो । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिको पहलमा पहिलो चरणमा चितवनमा मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । सङ्घले ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी काम अगाडि बढाइएको छ । सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ह्याचरीका सञ्चालक, कृषक, कुखुरा व्यवसायीलगायत सदस्य रहेको सहकारी स्थापना गरी सोही सहकारीमार्फत केन्द्र स्थापना गर्न लागिएको हो । जिल्लामा १० कट्ठा जग्गा खरीद…

Read More

काठमाडौँ: पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु÷कुहिरो लागेकोे छ । बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ ।

Read More