Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै हुनुहुन्छ । उहाँले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो । “उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भन्नुभयो । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसक्नुभएको छ । असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ । उहाँले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने…
काठमाडौँ: शान्ति सुरक्षा र अमनचयन कायम गराउने जिम्मेवारी लिएको सुरक्षाकर्मीले नै सेवाग्राहीसँग घुस लिए भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? पक्कै पनि नराम्रो लाग्छ होला । यस्तै भएको छ मोरङमा । विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको र घुस मागेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ । आयोगका अनुसार प्रहरी सहायक निरीक्षक दाहालले खाद्य सामग्री ओसारपसार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घुस लिएको आरोप लागेको छ । आयोगले आरापी दाहाललाई केही दिन पहिले घुस लिँदालिँदै विराटनगरबाट थलोमा नै पक्राउ गरेको थियो । आरोपी दाहालविरुद्ध विशेष अदालतमा आज मुद्दा…
काठमाडौँ: नेपाली राष्ट्रिय पन्ध्र वर्षमुनि (यु–१५) महिला फुटबल टोलीले भूटानको यु –१५ महिला टोलीलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भूटानलाई ६–१ गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पूरा गरिन् । उनले १२, ४८ र ५४ औँ मिनेटमा तीन गोल गरिन । यस्तै कप्तान प्रिति राईले दुई र सुनकली राईले एक गोल थपिन । प्रितिले खेलको ४४, ८९औँ मिनेटमा गोल गर्दा सुनकलीले खेलको पाँचौ मिनेटमा गोल गरिन । भूटानकी कप्तान डिकी लाजोमले खेलको १४औँ मिनेटमा एक गोल फर्काएकी थिइन् । अव नेपालले बुधबार भूटानसँग भोलि…
ललितपुर: मुलुकको विभिन्न आठ जिल्लाका ४८ सामुदायिक विद्यालयमा डिजिटल माध्यमबाट अङ्ग्रेजी विषयको शिक्षण भइरहेको छ । निम्नवर्गीय परिवारका बालबालिकाको शिक्षामा सुधारका लागि सो शिक्षण प्रविधि अघि बढाइएको हो । ‘सूचना सञ्चार र प्रविधिमा आधारित अङ्ग्रेजी भाषा शिक्षण सिकाइ’ नामक उक्त कार्यक्रम गत वैशाखदेखि सञ्चालन गरिएको नेपाल अङ्ग्रेजी भाषा शिक्षकको सङ्घ (नेल्टा) ले जनाएको छ । नेल्टा ललितपुरका अध्यक्ष गोकुल घिमिरे शर्माले भन्नुभयो, “विगतमा नेल्टाले पहिलो चरणमा डिजिटल शिक्षण पढाउने शिक्षकलाई एक दिनको सो विषयमा आधारित तालीम दिई देशका सात वटा सामुदायिक विद्यालयका कक्षा ३, ४ र ५ मा अध्ययनरत छात्र २० र छात्रा २० गरी ४० जना बालबालिकालाई आफ्नो कार्यालयमा…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबारदेखि सुधार देखिएको बजारमा आज भने करीब १८ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७७ बिन्दुले बढेर एक हजार १६८.५८ मा पुगेको छ । कूल १.५४ प्रतिशतका आधारमा नेप्सेमा सुधार देखिएको हो । त्यस्तै सेन्सेटिभ परिसूचक २.९४ विन्दुले बढेर २५४.५३ मा पुगेको छ । नेप्सेमा उछाल आउँदा कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर रु ५९ करोड ५७ लाख ६४ हजार ५४४ बराबरको कारोवार भयो । कारोवार भएका कूल १२ उपसमूहमध्ये…
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले लोकसेवा आयोगलाई बन्देज लगाउने, सङ्कुचित बनाउने तथा विश्वसनीयता र जवाफदेहितामा कुनै प्रश्न उठ्ने अप्ठेरो परिस्थिति सिर्जना नगर्न सरकार सजग रहेको बताएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले बदलिएको परिस्थितिमा पनि आयोगले प्राप्त गरिरहेको विश्वासमा कुनै कमी आउन दिनुहुन्न भन्नेमा सरकार पूर्ण सचेत छ भने । मन्त्री ढकालले भने, “अहिले हाम्रो चुनौती भनेको आयोगले प्राप्त गरिरहेको विश्वसनीयता सातै प्रदेशमा स्थापना हुने आयोगमा पनि लागू हुनुपर्छ भन्नेमा सरकार सचेत छ । आयोगलाई नियन्त्रण गरौँ भन्ने मनसाय…
चितवन: वे ग्रुप चितवन र आसपासका क्षेत्रका लागि परिचित नाम हो । चितवनमा सरसफाइको पर्यायवाची नाम नै भएको छ वे ग्रुप । विसं २०७३ जेठ २४ देखि यस ग्रुपले सरसफाइ अभियानमा थालेको हो । नौ जनाबाट शुरु भएको अभियानमा अहिले २०० भन्दा बढी युवा जोडिएका छन् । मन्दिरको प्रवेशद्वारमा देखिएको फोहर उठाएर शुरु गरेको अभियानले अहिले भरतपुर मात्रै नभएर चितवनभरि नै सरसफाइका क्रियाकलाप अगाडि बढाएको छ । वे ग्रुपका संयोजक भोजनारायण कँडेलले मन्दिरमा नियमित जाने क्रममा द्वार अगाडि देखेको फोहरले आफूहरुलाई अभियान शुरु गर्न सोच उब्जिएको बताए । “हामी नियमित रुपमा मन्दिरमा जाने गरेका थियौँ,” कँडेलले भने –…
काठमाडौँ: प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले बैठकमा भएको छलफल, परामर्श र सहमतिका आधारमा ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) प्रतिवेदनको प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा सभापति निरुदेवी पालले ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथिको दफावार र सैद्धान्तिक छलफल र विज्ञसँग राय परामर्शको काम सकिएको जानकारी दिँदै आगामी बैठकमा प्रस्तुत गर्ने गरी प्रतिवेदन तयार गर्न समिति सचिवालाई निर्देशन दिए । सदनबाट गत जेठ १३ गते समितिमा प्राप्त भएको उक्त विधेयकमाथि १८ जना सदस्यले संशोधन हालेको थियो । हालसम्मको प्रगतिका बारेमा सभापति पालले भने, “ज्येष्ठ नागरिक आमाबुबाको हितलाई केन्द्रित गरेर बनाइएको हुँदा उहाँहरुको सीप, सोच, स्रोत, साधन अर्काे पुस्तामा…
काठमाडौँ: विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने योजना शुरु गरेको छ । प्राधिकरणले प्रदेश नं ५को प्रदेश डिभिजन कार्यालय, नेपालगञ्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत हाल सञ्चालनमा रहेका वितरण केन्द्रलाई चुहावट घटाउन र चोरी नियन्त्रणका लागि लक्ष्य नै निर्धारण गरेर काम शुरु गरेको हो । प्राधिकरणले वितरणतर्फको विद्युत् चुहावटलाई नेपालगञ्ज क्षेत्रमा ८.०५ र सुदूरपश्चिम क्षेत्रमा १०.६९ प्रतिशतमा झार्ने लक्ष्य राखेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई आर्थिक वर्ष २०७५÷७६मा रहेको १३.६९ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालू आवमा १०.६९ प्रतिशतमा झार्ने लक्ष्य…
काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गरे । उनले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गरेको थियो । जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा शीर्ष ६ अङ्क जोडेको छ । यसअघि मनाङले आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–० गोल अन्तरले पराजित गरेको थियो । यता पराजित आर्मीको भने यो पहिलो हार…