Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : चावहिलमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएको २४ घण्टा वित्न नपाउँदै आज चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा गाडीको ठक्करबाटे एक जनाको ज्यान गएको छ । छोरालाई पछाडि बोकेर स्कुल पुर्याउन जाँदै गरेका पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको आज मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उनी प्रदेश ३ ०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका थिए । मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच…
गलकोट: अधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला । तर, बागलुङको नगरपालिकास्थित सिगाना माध्यमिक विद्यालय तित्याङका छात्र ÷छात्रा खेलेर होइन, व्यवहारिक सीप सिक्न व्यस्त छन् । विद्यालयले एक वर्षदेखि विद्यार्थीको फुर्सदको समयलाई व्यवहारिक अभ्यासमा परिचालन गराएको छ । उनीहरु कक्षामा शिक्षक अनुपस्थित हुँदा र खाजा खाने समयलाई सदुपयोग गर्दै विद्यालय वरपर केरा र सुन्तला खेती गर्न थालेका छन् । विद्यार्थी हिजोआज फुर्सद हुने बित्तिकै काममा व्यस्त हुने र खाली जग्गामा सामूहिकरूपमा केरा र सुन्तला खेती गर्ने गरेको विद्यालयले जनाएको छ । विद्यार्थी…
डोटी: सार्वजानिक शौचालय भवनको कोठामा किराना पसल सञ्चालन हुन्छ ? अचम्म नमान्नुहोला । दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा अहिले किराना पसल सञ्चालनमा रहेको छ । स्थानीय खन्टी केसीले सो शौचालय भवनको कोठामा पसल सञ्चालन गरिरहनुभएको छ । यसबाट यात्रु तथा बटुवालाई शौच गर्न समस्या भएको छ । सार्वजानिक भवनको कोठाबाट पसल सञ्चालन गर्दासमेत सम्बन्धित निकायले चासो देखाएको छैन । पिपल्लाका मदनबहादुर कामीले “सार्वजनिक शौचालयमा पसल खोलिएको छ, शौचालय व्यक्तिगत बनाउँदा अन्य बटुवा तथा यात्रुलाई समस्या भएको छ, बटुवाले जाताततै शौच गरिदिन्छन् ।” डोटी उद्योग वाणिज्य सङ्घको पहलमा विसं २०७४ मा निर्माण…
भरतपुर: लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो । जाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिनुभयो । “एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो”, उहाँले भन्नुभयो, “लाखौँ खर्च भयो तर रोग पत्ता लागेन ।” पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएको थियोे । पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन् । चिकित्सक श्रेष्ठका अनुसार केन्द्रमा सबैभन्दा धेरै छावा…
सिमकोट: चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो । यहाँ मङ्सिरको अन्तिम सातादेखि भारी हिमपात र तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले कोही बस्न सक्दैनन् । सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा अहिले सुनसान छाएको छ । उत्तरी हिल्सानाका क्षेत्र आसपासमा अहिले चार फिट हिउँ जमेको छ । हिमपातले हिल्सानाका मात्रै नभएर जिल्लाको टाके, न्यारु, चुवाखोलालगायत उच्च हिमाली भेगमा रहेका सीमामा पर्ने नाकाका बाटाहरु हिउँले बन्द छन् । हुम्लीहरुको आयस्रोतको रूपमा हेरिने हिल्सानाका हिमपातले छ महिना बन्द र…
लमजुङ: अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् । जिल्लामा उत्पादित दुई हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये आम्दानी गरेका हुन् । गत वर्षभदा यस वर्ष रु चार करोड पाँच लाख बढी आम्दानी जिल्लाका कृषकले गरेका छन् । गत वर्ष उत्पादित ७५० क्विन्टल बिक्रीबाट कृषहरुले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए । यहाँका कृषकले रु १३ करोडसम्म आम्दानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा उत्पादित ६०० क्विन्टल बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो । जिल्लामा यस वर्ष सबैभन्दा बढी…
काठमाडौं : सर्वोच्च अदालतमै मुद्दा सुनुवाइको अवस्था चिन्ताजनक देखाएको छ। छिटो, छरितो र प्रभावकारी न्यायका लागि १५ वर्षअघि रणनीतिक योजना बने पनि सर्वोच्चले प्रगति हासिल गर्न नसकेको हो। सर्वोच्चको ०७५/०७६ को प्रतिवेदनले मुद्दा फस्र्योटमा अघिल्लो वर्षभन्दा १३ प्रतिशत कमी आएको तथ्य औंल्याएको छ। प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका हुन्। २०६१ मा सुरु भएको न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाले सबै अदालतबाट प्रतिवर्ष ६० प्रतिशत मुद्दाको फस्र्योट गर्ने लक्ष्य लिएको छ। तर सर्वोच्चमा भने ३०.७६ प्रतिशत मात्र मुद्दा छिनिएको छ। सर्वोच्चमा पुराना र नयाँ गरी मुद्दा संख्या ३४ हजार नौ सय २२ थान रहेकोमा यस वर्ष १० हजार…
काठमाडौं : कांग्रेसको आन्तरिक विवाद टुंग्याउने प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको हो। पौडेल समूहको सोमबार बसेको बैठकले विधानबाहिर गएर सहमति नगर्न वार्ता समितिलाई निर्देशन दिएको छ। महामन्त्री डा. शशांक कोइराला निवासमा बसेको बैठकले संस्थापन पक्षसँग वार्ताका लागि गठन गरेको कार्यदलका सदस्यलाई विधानभित्र रहेर सहमति खोज्न भनेको हो। ‘विभाग गठनदेखि भ्रातृसंस्थाका विषयमा छलफल भयो। महाधिवेशन सुनिश्चित गर्ने गरी कार्यतालिका सार्वजनिक गर्नुपर्छ,’ कार्यदल सदस्य हृदयराम थानीले भने, ‘पार्टी विधानसम्मत तरिकाले अगाडि बढ्नुपर्छ। नेता पौडेलले पार्टीभित्रका सबै समस्याको समाधान विधानमै रहेर खोज्नुस् भन्नुभएको छ।’ महाधिवेशन कार्यतालिका…
धुलिखेल: राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार इच्छुक नदेखिएको बताउनुभएको छ । मानवअधिकार आयोग र मानवअधिकार पत्रकार सङ्घद्वारा संयुक्त रुपमा धुलिखेलमा आयोजित ‘मानवअधिकारः पत्रकारितासम्बन्धी’ तीन दिने गोष्ठीको आज समापन समारोहमा उहाँले भन्नुभयो, “सरकाले आयोगको सिफारिस कार्यान्वयन नगर्नुका मुख्य कारण द्वन्द्वकालका घटनामा मुद्दा चलाउनुपर्ने हुन्छ, तर सरकार त्यो चाहदैन ।” अध्यक्ष शर्माले भन्नुभयो, “आर्मीमाथि मुद्दा चलाउन सरकार इच्छुक छैन, त्यसैले कार्यान्वयन भएनन्, आयोगलाई दबाब दिनेबाहेक अरु कुनै अस्त्र रहेनन् ।” उहाँले मानवअधिकार उल्लङ्घन र द्वन्द्वकालका घटनामा सुरक्षा निकाय र प्रशासक दोषी देखिने भएकाले सिफारिस कार्यान्वयनमा सरकारले ढिलासुस्ती गर्ने गरेको स्पष्ट पार्नुभयो…
काठमाडौँ: चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले सोमबार काठमाडौंमा ‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएको छ । त्यसक्रममा एकैदिन ९९ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ । उनीहरु ब्यारेक सिस्टममा बसेर काम गरेको भेटिएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेको पाइएको छ ।’ उनका…