Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रियामा कडाइ गर्दैछ। नयाँ बन्दै गरेको संघीय यातायात ऐनमा ठूला सवारीसाधन चलाउन चाहनेले लाइसेन्सको लिखित र ट्रायल परीक्षा परिमार्जन गर्ने तयारी सरकारको छ । हाल २०४९ को सवारी तथा यातायात व्यवस्था ऐनअनुसार देशभर लाइसेन्स दिने व्यवस्था गरिएको छ। सरकारले २०७० बैशाखदेखि लाइसेन्समा नयाँ व्यवस्था लागू गरेको थियो। त्यसअघि सामान्य तवरको ट्रायल दिने व्यवस्था थियो। लाइसेन्सको प्रयोगात्मक परीक्षा अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्दै अंग्रेजी आठ आकार, उकालो, ओरालो, ट्राफिक लाइट, एलब्याकलयात समावेश गरिएको थियो। अब बन्ने संघीय यातायात ऐनमा पुनः नयाँ व्यवस्था गर्न लागिएको छ। सार्वजनिक तथा ठूला सवारीको…

Read More

काठमाडौं : संघीय समाजवादी पार्टीले सरकार छाडेको छ । आज मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो। ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो। सो पार्टीले सरकार छाडेको घोषणा भने बुधबार गर्ने पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बताए। ‘सरकारमा बस्नुको औचित्य समाप्त भएको निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ उनले भने, ‘यसको औपाचारिक घोषणा भने भोली बुधबार हुनेछ।’ संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ ।

Read More

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य मानसिक स्वाथ्य परीक्षण हुनुपर्ने बताएको छ । रोजगारीमा जाने श्रमिकको मानसिक स्वास्थ्य परीक्षण नहुँदा उनी मानसिक रोगबाट ग्रस्त हुनेगरेको आयोगले जनाएको छ । आयोगले आज मंगलबार आप्रवासन र मानसिक स्वास्थ्य विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको बताए । रोजगारीमा जाने कामदारलाई नेपालमा मानसिक स्वास्थ्य परीक्षण नहुँदा रोजगारदाता देशमा पुगेपछि समस्यामा पर्ने गरेको उनको भनाइ छ । पाठकले रोजगारीका लागि विदेशीने श्रमिकको विदेश जानुअघि नै स्वास्थ्य परीक्षण गर्नुपर्ने पनि बताए । वैदेशिक रोजगारीमा जाने…

Read More

काठमाडौं : सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चबाट नेपथ्यले चर्चित रचनाकार शुक गुरुङको निधनप्रति श्रद्धान्जली अर्पण गरेको छ । ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बित्तिकै गायक अमृत गुरुङले शुक गुरुङको तस्वीरतर्फ फर्केर उनीसंगको सांगीतिक यात्रालाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । अमृतले भने – ‘नेपथ्यले एउटा साथी गुमाएको छ, एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए, म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु, उनको आत्मालाई शान्ति मिलोस् ।’ चर्चित रचनाकार शुक गुरुङको आइतवार निधन भएको थियो । मिर्गौला रोगबाट ग्रसित शुकको निधनको खबरले आफू स्तब्ध भएको अमृत…

Read More

दमक : झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो । मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन । प्र हरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

Read More

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेको छ । युएई १९ तथा पपुवा न्युगिनी २० औँ स्थानमा छन् । नयाँ वरियतामा इङल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । त्यसैगरी न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ । यता टी–ट्वान्टी वरियतामा भने नेपाल १२औँ स्थानमा छ ।

Read More

काठमाडौं : पर्सी बिहिबार अर्थात पुस १० गते औँशीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दै छ। बिहान ८ बजेर ४२ मिनेट जाँदा सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणको सुतक भने अघिल्लो दिन पुस ९ गते साँझबाटै सुरु हुन्छ । दुई घन्टा ४९ मिनेट लामो ग्रहण नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ । सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति र शनि पनि अस्त रहने छ । सुर्य ग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् ।…

Read More

दमौली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए । “सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ”, नेता थापाले भने , “हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्छ ।” नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले…

Read More

वीरगञ्ज : पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको काम हरियो रुख काट्ने प्रकृयाले रोकिएको छ । विद्युतीय रेलमार्ग निर्माणको क्रममा सोही क्षेत्रमा पर्ने हरियो रुख काट्नुपर्ने देखिएकाले सो रुख काटन स्वीकृतिको लागि वन विभागमा पत्राचार गरिएको डिभिजन वन कार्यालय चन्द्रपुरले जनाएको छ । अहिले सो क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनीयर सुमोद पोखरेलले बताए । सङ्घीय सरकारको करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको सो ट्रयाकको ठेक्का पाएका ठेकेदारले रौतहट जिल्लाको वाग्मतीदेखि धन्सारसम्म करिब २३…

Read More