Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
दार्चुला: मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर रु २५० मुस्किलले कमाउछिन । उनले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरे पनि उक्त रकम पाउछन् । रोपाइँ लगाउने बेला हलो जोत्ने पुरुषले रु ८०० पाउँदा त्यही खेतमा काम गर्ने महिलाले भने रु २५० पाउने गरेका हलिया बस्तीका महिलाले बताएका छन् । “महिलाले काम गर्दा पनि ज्याला थोरै पाउने गरेका छौँ”, स्थानीय सरिता टमटाले भने । भारी बोक्दा, घर निर्माण गर्दा पनि महिलाले थोरै ज्याला पाउने गरेका उनले गुनासो गरे । सकेसम्म योजनाको काममा महिला सहभागी हुँदैनन् । काम नगरी नहुने अवस्थामा न्यून ज्यालामा काम…
काठमाडौं ः टोखामा तीन बालबालिकालाई बन्धक बनाइ फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली धनगढी घर भई बानेश्वर बस्ने २४ वर्षीय आशीष सिजापती र विनोद थापामगर छन् । उनीहरुले पोखरा गएकी एक महिलाका एक छोरा, एक छोरी र भान्जी नाता पर्ने बालिकालाई गत मंसिर २८ गते अपहरण गरेका थिए। आफन्तको सामाखुसीस्थित कोठामा छोराछोरी राखेर ती महिला पोखरा गएकी थिइन् । त्यसको दुई दिनपछि मंसिर ३० गते सिजापतिले तिम्रो ममीले तिमीहरुलाई होटलमा लगी राख्नु भनेको छ भन्दै बिहान स्कुल जान लागेका बच्चाहरुलाई टोखास्थित होटल ब्लु स्टार को कोठा नं। ४०४ मा लगी बन्धक बनाएका थिए। पछि बच्चाकै…
काठमाडौँ:नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलद्वारा हस्ताक्षरित आज जारी प्रेस विज्ञप्तिमा वरिष्ठ अधिवक्ता श्रेष्ठको ‘ल फर्म’ घेराउ गर्ने काम अभद्र र अमर्यादित मात्र नभएर जीउ ज्यानसमेतमा धावा बोल्ने काम भएकाले दोषीलाई कारवाही गर्न माग गरिएको छ । वरिष्ठ अधिवक्ता श्रेष्ठलाई यही पुस २ गतेका दिन प्रतिवादी विजय पाठकका तर्फबाट कानून व्यवसायीको हैसियतले बाँके जिल्ला अदालतमा बहस पैरवी गरेको विषयलाई लिएर मुद्दाका जाहेरवाला पक्षबाट नचिनिएका ५० भन्दा बढी व्यक्तिले हुलहुज्जत गरी हातपात गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानको धारा २० (२)ले…
महोत्तरी: बृहत् निःशुुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आउनेक्रम जारी रहेको छ। स्थानीय सोनमा गाउँपालिका–३ मा सञ्चालित शिविरबाट एक हप्तामा १६ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि यहाँ विरामी आउनेक्रम रोकिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरुपमा यहाँ सञ्चालित शिविरमा स्वास्थ्य सेवा प्राप्त गर्न पहुुँच कम भएका स्थानीयबासीका लागि बरदान सावित भएको छ । खखना माध्यामिक विद्यालयमा मङ्सिर २७ देखि शिविर सञ्चालित हुँदै आएको छ । हालसम्म १६ हजार ७४७ बिरामीलाई सामान्य उपचार सेवादेखि ठूलाखाले शल्यक्रियासम्मको उपचार सेवा प्रदान गरिएको…
काठमाडौं : प्रतिनिधी सभाको रिक्त सभामुख पद पूर्ति प्रक्रिया पुस ११ गते दिउँसो १ बजे बस्ने संसद बैठकले थाल्ने भएको छ। आज दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको अर्को बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। प्रतिनिधी सभाको आजको बैठकमा राष्ट्रपति पत्र पढेर सुनाउने, यसबिचमा दिवंगत पूर्व सांसदको शोक प्रस्ताव पारित गर्ने र मौन धारण गर्ने कार्यसूची छ। संसदको हिउँदे अधिवेशन सुरु गर्नुअघि शुक्रबार दिउसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यव्यवस्था बैठक बोलाएकी थिइन । प्रतिनिधी सभा बैठकको अध्यक्षता उनैले गर्दैछिन ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकामा अन्तरराष्ट्रिय गुणस्तर र सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्नका लागि आवासीय नेपाली सङ्घले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ । स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माणको प्रक्रियामा महानगरपालिका रहेको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । महानगरको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शौचालय निर्माण र यसको दिगो सञ्चालन कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिई निर्माणकार्य अघि बढाइने जानकारी गराए । एउटाले शौचालय बनाउने अर्कोले चलाउने…
काठमाडौँ : नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले “सहज सेवा, स्वच्छ ने.वि.प्रा.” नाराका साथ राष्ट्रिय अभियानको घोषणा गरेको छ । विगत केहि समय यता राज्यले तय गरेको नीति र अपेक्षालाई उर्जा क्षेत्रको सवलता र सक्षमतामार्फत प्राधिकरणले टेवा पुर्याउन सफल भैरहेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा ग्राहकको गुनासोप्रति उत्तरदायी हुन सहायताकक्ष खडा गरिने, कार्यालयका कामहरु सहज र ग्राहक-मैत्री बनाउन एकद्वार प्रणाली लागू गराउने, विद्युत महशुल भुक्तानी सहज र सरल बनाउन अनलाइन मार्फत भुक्तानीको व्यवस्था जस्ता कार्यक्रमहरुको घोषणा गरिएको छ। साथै नयाँ मिटर जडान, लोड स्वीकृति जस्ता गराउदा कोहि-कसैबाट अनावस्यक दुख दिने, अनाधिकृत रकम माग…
सुर्खेत : दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै ज्यान गयो । विसं २०६६ फागुन २६ गते निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गोली चलाउँदा ३५ वर्षीय देवीसरा सुनार, १३ वर्षीय चन्द्रकला र २९ वर्षीय अमृता सुनारको ज्यान गएको थियो । देवीसरा र चन्द्रकला आमाछोरी हुन् । पीडित परिवारले न्याय पाउनुको साटो १० वर्षसम्म उल्टै घटना ओझेलमा पारिएको गुनासो गरेका छन् । ‘घटनापछि विभिन्न आयोग र छानबिन समिति पनि बने, ती सबैको निष्कर्ष पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नु भन्ने नै थियो’, मृतक अमृताका पति रत्नबहादुरले भने, ‘उल्टै…
काठमाडौँ ः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जना पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई हिजो बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिए । “मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौँडाको विसं २०७० माघ १३ गतेको फैसलाअनुसार योञ्जनलाई नौ वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भएकाले…
काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक पुस ९ गते सम्मका लागि स्थगित भएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको हो । पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ । गत मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर…