Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भरतपुर :  प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० गते (२६ डिसेम्बर) देखि शुरु हुने १८ औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो । यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन । जनवरी ३ तारिखमा सौराहामा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाट भ्रमण वर्षको शुभारम्भ गरिने उनले बताए । हात्ती महोत्सवको समायवधि बढेपछि कार्यक्रमहरु…

Read More

लहान: विगत केही दिनयता बढेको चसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई सिरक वितरण गरिएको छ । वडा कार्यालयमा बिहीबार आयोजित सिरक वितरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादव र सुखीपुर नगरपालिकाका प्रमुख रामअवतार यादवले संयुक्त रुपमा कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलागरी १६० जनालाई जाडोबाट जोगिन सिरक वितरण गरे । एउटा सिरकको मूल्य रु एक हजार २०० पर्ने बताइएको छ ।

Read More

काठमाडौं : जाडो महिना सुरु भएसंगै विद्युतीय पसलहरुमा हिटर किन्नेको घुइचो छ । चिसो छल्ने राम्रो र सजिलो उपकरणको रुपमा हामी सामान्यतया हिटरलाई नै लिने गर्छौ । हुन पनि यसको प्रयोग सरल नै छ, हिटरको तार विद्युतीय प्लगमा जोडे पछि न्यानो दिन सुरु गरि हाल्छ । सरल प्रयोग छ भन्दैमा यसलाई जथाभावी प्रयोग गर्न भने पक्कै मिल्दैन । धेरै सावधानी अपनाउन जरुरी पर्दछ हिटरको प्रयोग गर्दा । शरिरलाई केहि क्षणमा नै न्यानो दिए जस्तै एकैछिनको लापरबाहीले शरीरको तातोलाइ पनि क्षण भर मै सदाका लागि चिसोमा बदल्न सक्छ । जस्तै एक बर्ष अघि मात्रै काठमाडौँमा एक इन्जिनीयर दम्पतिले…

Read More

बलेवा: बागलुङ सदरमुकामस्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैंक बागलुङले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद रु २० हजार प्रदान गरेको हो । सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्रमा आउने बालबालिकालाई आवश्यक सामग्री खरिदको लागि प्रदान गरिएको नगद सिद्धार्थ बैंक बागलुङ शाखाका शाखा प्रमुख सुजित भारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारी र प्रधानाध्यापक शान्तमणि ढकाललाई हस्तान्तरण गरे । विद्यालय शिक्षाको महत्वपूर्ण आधार बाल कक्षाको गुणस्तर सुधारले मात्र शिक्षाको समग्र विकासमा सहयोग पुग्ने निष्कर्षसहित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालविकास केन्द्रको सुधारमा सङ्गठित भएर काम गर्दै आएका छन् । जिल्ला…

Read More

डोटी: सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ । करोडौको रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन् । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन । समिति गठन नहुँदा पर्यटन वर्ष २०२० मनाउनमा निकै समस्या उत्पन्न हुने स्थानीयवासीको बुझाइ छ । समिति सदस्यविहीन बनेका कारण कसरी पर्यटक भित्र्याउने भन्ने चिन्ता स्थानीयवासीमा छ । पर्यटन वर्ष मनाउने समय नजिकिँदै गर्दासमेत समिति गठन नहुँदा स्थानीय आक्रोशितसमेत बन्न थालेका छन् । समितिविहीन भएको दुई वर्ष पुग्दासमेत यहाँको प्रदेश…

Read More

काठमाडौँ: ठूला भौतिक निर्माणको काम धमाधम अगाडि बढिरहेको बेला नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा भने समस्या देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुग्न लागेको बेला नदीजन्य निर्माण सामग्रीको अभाव देखिएको हो । सङ्घीय संसद्को अर्थ समितिको बैठकमा समेत आज नदीजन्य निर्माण सामग्रीका कारण आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त भएको छ । रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण व्यवसायी नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्शन ग्रुपले स्थानीय रुपमा नदीजन्य निर्माण सामग्री नपाएपछि चितवनबाट आपूर्ति गरिरहेको छ । विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीय निकायले नदीजन्य पदार्थ आपूर्तिमा असहयोग गरेका कारण लामो दूरी पार…

Read More

काठमाडौँ: मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले वरुण वेभरेज विरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । नेपालमा वरुण वेभरेजले पेप्सीलगायतका उत्पादनको बोटलिङ गर्दै आएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुण वेभरेजका अमित गुप्तासमेत सात जना विरुद्ध रु ६४ करोड ९६ लाख दुई हजार ३४० बिगो र बिगोको दोब्बर रु एक अर्ब २९ करोड ९२ लाख चार हजार ६८० समेत गरी रु एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० सम्म जरिवाना र तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।…

Read More

काठमाडौँ: श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय, नेपाल उद्योग परिसंघले रोजगार मैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । आजश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसंगको भेटमा परिसंघ प्रतिनिधिमण्डलले आपसी सहकार्यलाई गहन बनाउने प्रतिवद्धता जनाएको हो । भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योगी–व्यवसायी र श्रमिक तथा श्रमिक संगठनहरुसँग विश्वासको वातावरण बनेको अवस्थामा रोजगारी सृजना तथा दक्ष जनशक्ति निर्माणमा सहकार्य केन्द्रित हुनु पर्ने समय आएको बताए । स्वदेशमै दक्ष जनशक्तिको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नयाँ लगानी र चालु उद्योगमा समेत परेको सन्दर्भमा रोजगारी सृजना र दक्ष जनशक्ति उत्पादनमा परिसंघले मन्त्रालयसँग सघन साझेदारीका लागि प्रतिवद्ध रहेको पनि अध्यक्ष…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा संक्षिप्त भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक अवस्था तथा भोलिदेखि प्रारम्भ हुने सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत हुने विधेयकहरुबारे विचारविमर्श भएको थियो । पूर्वप्रधानमन्त्री देउवाका साथ पार्टीका केन्द्रीय सदस्य रमेश लेखक पनि हुनुहुन्थ्यो ।

Read More

काठमाडौँ:  सरकारले चालू आर्थिक वर्षको बीचमा सङ्घ तथा प्रदेशबाट स्थानीय तहमा सःशर्त, विशेष र समपुरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वित्तीय अनुशासन कायम गरी बजेट प्रणालीलाई व्यवस्थित गर्ने गरी यो व्यवस्था गरिएको बताउनुभयो । मन्त्रिपरिषद्को गत मङ्सिर ३० गते भएको बैठकको निर्णयअनुसार फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय भवन तथा आवासगृह निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरिएको छ । पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप…

Read More