Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लथालिङ्ग बन्यो खप्तड पर्यटन विकास समिति

    लथालिङ्ग बन्यो खप्तड पर्यटन विकास समिति

    पहिलोक्लिकपहिलोक्लिकDecember 20, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    डोटी: सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ ।

     

    करोडौको रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन् । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन । समिति गठन नहुँदा पर्यटन वर्ष २०२० मनाउनमा निकै समस्या उत्पन्न हुने स्थानीयवासीको बुझाइ छ । समिति सदस्यविहीन बनेका कारण कसरी पर्यटक भित्र्याउने भन्ने चिन्ता स्थानीयवासीमा छ । पर्यटन वर्ष मनाउने समय नजिकिँदै गर्दासमेत समिति गठन नहुँदा स्थानीय आक्रोशितसमेत बन्न थालेका छन् ।

     

    समितिविहीन भएको दुई वर्ष पुग्दासमेत यहाँको प्रदेश सरकारले अहिलेसम्म समिति विस्तार गर्न सकेको छैन । समिति गठन नभएकै कारण पछिल्लो दुई वर्षयता कार्यालय करिब करिब निष्क्रिय अवस्थामा रहेको छ । दुई वर्षदेखि कार्यालयबाट कुनै पनि कामकाज हुन नसकेको स्थानीयवासी बताउँछन् ।

     

    समिति नबनेका कारण कर्मचारीले गत आर्थिक वर्षयता १३ महिनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताए । उनले भने, “आर्थिक वर्ष २०७४÷०७५ मा कर्मचारीले तलब खान पाए, अहिले समिति नबन्दा तलब नै खाना पाइएको छैन ।” समितिको कार्यालयमा पाँचजना कर्मचारी करारमा नियुक्त भए पनि तलब नपाउँदा निकै समस्या भएको उनको गुनासो छ । करारमा नियुक्त भएका कर्मचारीमा शाखा अधिकृत प्रेम कुँवर, सवइञ्जिनीयर दिपेश महतरा र कार्यालय सहयोगी धनबहादुर सिंह, शशी सिंह र लोक रावल रहेका छन् ।

     

    नेपाल सरकारबाट राजनीतिक नियुक्ति हुने कार्य समितिको समयावधि सकिएको पनि एक वर्षभन्दा बढी भएकोे छ । गएको असोज महिनामा समितिको समयावधि सकिएको हो । कार्यकारी निर्देशकमा नियुक्त भएर आउनुभएका यम कुँवर भ्रष्टाचार तथा अनियमितताको आरोप लागेर नियुक्ति बदर भएपछि अहिलेसम्म कार्यकारी निर्देशकको पनि नियुक्ति हुन सकेको छैन ।

     

    पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरेको छ । प्रदेश सरकारको गत वर्षको चैत १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश–२०७५’ स्वीकृत भए पनि अहिलेसम्म न समिति चयन भएको छ, नत कार्यकारी निर्देशक नै पठाइएको छ ।

     

    समितिको गठन र कार्यकारी निर्देशकको नियुक्ति प्रदेश सरकारले गर्ने व्यवस्था भए पनि प्रदेश सरकारले वास्ता नगरेका कारण खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिङ्ग अवस्थामा हुन पुगेको सिलगढीका सिद्धराज जोशीले बताए । उनले भने, “प्रदेश सरकारले समिति तथा निर्देशक छनोट नगर्दा खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिङ्ग हँुदैछ, यसरी पर्यटन वर्ष २०२० कसरी सफल होला र ?” उता सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन प्रक्रिया अगाडि बढेको बताए । उनले थपे, “समिति गठन गर्ने तयारी भइरहेको छ, चाँडै नै खप्तडले पूर्ण समिति पाउने छ ।” खप्तड पर्यटन विकास समिति वर्षौंदेखि निष्क्रिय भएपछि सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार तथा पर्यटन विकास ओझेलमा परेको समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताए ।

     

    उनले भने, “वर्षौंसम्म समिति निष्क्रिय राख्नु राम्रो होइन । खप्तड क्षेत्रको विकास गर्ने हो भने चाँडो समिति र निर्देशक चयन गर्नु जरुरी छ ।” लामो समयदेखि खप्तड पर्यटन विकास समितिका सदस्य तथा निर्देशक चयन नहुँदा पर्यटन भ्रमण वर्ष २०२० मा खप्तड क्षेत्रमा खासै पर्यटन ल्याउन नसकिने सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसायी समितिका अध्यक्ष दीपकबहादुर खड्काको भनाइ छ । उनले बताए, “हामी पर्यटन वर्ष २०२० मनाउने तयारीमा छौँ, हाम्रो क्षेत्रको प्रमुख पर्यटकीयस्थल खप्तड पर्यटन विकास समितिमा पदाधिकारी र निर्देशक नै छैनन्, कसरी पर्यटक ल्याउन सकिन्छ ।”

     

    त्यस्तै खप्तड पर्यटन विकास समितिमा करोडौँ भ्रष्टाचार भएको भन्दै अहिले व्यापक चर्चा हुन थालेको छ । खप्तडको विकासका लागि आएको रु ५५ करोड रकम कुनै विकासको काममा प्रयोग नगरी भ्रष्टाचारमा सकिएको भन्दै स्थानीयवासीले छानबिन गर्न माग गरेका छन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.