Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर: हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते करिडोरको सङ्घीय संसद् विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले बुधबार बालकुमारीदेखि जडीबुटी हुँदै राधेराधेसम्मको हनुमन्ते नदी किनारामा निर्माण भइरहेको करिडोरको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमन निरीक्षणमा सभापति खड्काले जडीबुटी–कोटेश्वरको सवारी जामको हल गर्न पनि हनुमन्ते करिडोर निर्माण कार्य छिटो र छरितो ढङ्गले सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए । विकास निर्माणका कार्यमा जुनसुकै ठाउँमा पनि समस्या आउनसक्ने भएकाले समस्यालाई वार्ता र छलफलका माध्यमबाट समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । करिडोरको दायाँबायाँ निर्माण गरिने सडकको चौडाइ जतिसक्दो ठूलो बनाउनुपर्नेमा जोड…

Read More

कुनै पनि समाजको मौलिक,सामाजिक मुल्य मान्यता र जनभावना अनरुप जनताको हक अधिकार ,कर्तव्य तथा दायित्वहरुको राज्यद्वारा प्रदान गरिने लिपिबद्द व्यवस्था नै कानुन हो। कुनै पनि नागरिक आफ्नो हक अधिकारबाट बन्चित नहुन र कुनै पनि शोषण ,विभेद वा अन्याय नहोस भन्नका लागि सबैमा कानुनी सचेतता हुनु जरुरी देखिन्छ किनभने कानुनको अज्ञानता कसैलाई पनि क्षम्य हुदैन।नेपालको कानूनी शिक्षाको बिकासक्रम वा इतिहास हेर्ने हो भने त्यति धेरै लामो इतिहास देखिदैन। नेपालमा कानुनी शिक्षाको सुरुवात सन १९०५ मा स्रेस्ता पाठशालाको स्थापनादेखि भएको पाउन सक्छौ ।स्रेस्ता पठशालाले कुनै शैक्षिक डिग्री नदिएतापनी यसले कानुनको सामान्य जानकारी र लिगल ड्राफटिङ र डकुमेन्ट ड्राफटिङ सम्बन्धी जानकारी दिएको…

Read More

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा उठेका विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा युवराज खतिवडाले जरिवाना र दण्ड बढाएर मात्रै चुहावट नियन्त्रण हुँदैन भन्ने र अर्बौं चुहावट हुँदा पनि कुनै कारवाही नहुने भन्ने दुई सैद्धान्तिक दृष्टिकोणका बीच यस विधेयकमा बढी चुहावट गर्नेलाई बढी जरिवाना र कम चुहावट गर्नेलाई कम जरिवानाको व्यवस्था गरिएको बताए । उनले चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्यका लागि पनि व्यवस्था गरिएको जनाए । सैद्धान्तिक छलफलपछि सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयकमा…

Read More

काठमाडौँ: उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको संसद्लाई अवगत गराएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका विषयबारे वक्तव्य दिँदै उपप्रधानमन्त्री पोखरेलले बाहिर बहसमा ल्याइएजस्तो उक्त सम्झौताको नवीकरण सस्तो मूल्यमा नभई बजार मूल्य र राज्यलाई थप लाभ हुने गरी भएको जिकिर गरेको छ । नेपाल ट्रष्टको कार्यालय र रिसोर्ट सञ्चालक कम्पनी यति होल्डिङ्ग्सबीचको सम्झौता अवधि पाँच वर्ष बाँकी रहेको अवस्थामा रिसोर्टले लगानीसहित नयाँ संरचना बनाउन थालेकाले उसको मागबमोजिम सरकारले ५० वर्षका लागि नवीकरणको निर्णय गरेको थियो । उक्त कम्पनीसँग शुरुमा २०६६ वैशाख ५ मा सम्झौता भएको थियो…

Read More

काठमाडौँ: सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो । सृष्टिको मृत्यु भएको भोलिपल्टै मङ्गलबार बिहान चन्द्रागिरि नगरपालिका–७ चेकपोष्टमा छोरालाई विद्यालय पु¥याउन हिँडेका अर्जुन केसीको सवारी दुर्घटनामा मृत्यु भयो । नम्बर नखुलेको सवारीले मोटरसाइकलमा रहेका अर्जुनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो भने छोरा गम्भीर घाइते भए । यी केबल प्रतिनिधिमूलक घटनामात्र हुन् । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण कैयौँले अकालमा ज्यान गुमाउनुपरेको छ । चालू…

Read More

दमौली: नेपाल सरकार राष्ट्रिय योजना आयोगले तनहुँ जिल्लालाई आर्थिक वर्ष २०७६÷७७ का लागि रु १८ करोड ६१ लाख बजेट थप गरेको छ । समपूरक र विशेष अनुदानवापत विभिन्न आठ योजना सञ्चालन गर्ने गरी आयोगले उक्त बजेट थप गरेको हो । आयोगले स्थानीय तह र प्रदेश तहबाट कार्यान्वयन हुने गरी विभिन्न योजनालाई बजेट थप गरेको जनाएको छ । जसअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ र २ मा चार÷चार आयोजनालाई बजेट थप भएको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ मा स्थानीय तहबाट कार्यान्वयन हुने गरी व्यास नगरपालिका–११ स्थित खड्ककाली मोटरमार्गका लागि रु दुई करोड, भानु नगरपालिकास्थित भानु बहुउद्देश्यीय भवनका…

Read More

डोटी: जिल्लामा पछिल्लो समय आरन व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन् । केही समय पहिले करीब–करीब लोप हुने अवस्थामा रहेका यहाँका आरन व्यवसायी पछिल्लो सयम फेरि जुर्मुराउन थालेका छन् । आरन व्यववसायबाटै यहाँका अधिकांश आरन व्यवसायीले मनग्य आम्दानी थाप्ने गरेका छन् । उक्त पेशाकै कारण उनीहरुलाई पछिल्लो समय आफ्नो खर्च चलाउन निकै सहज भएको छ । आरन व्यवसाय फस्टाउन थालेपछि उनीहरुलाई अहिले आफ्नो कामकाजमा भ्याइनभ्याई हुन थालेको छ । पुख्र्यौली घर सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला भएका धनीराम ओडले दिपायलस्थित राजपुरमा खोलेको आरन व्यवसायले मनग्य आम्दानी गरेका छन् । आफ्नो पेशाप्रति उनी निकै सन्तुष्ट छन् । पुस्तौँदेखि हस्तान्तरण हुँदै…

Read More

पाल्पा: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताएका छन् । पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तासँगको भेटघाटमा उनले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताए । मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको बताए । उनले पार्टी एकता प्रक्रियाका बाँकी काम पुस मसान्तसम्म सकिने जानकारी दिए । पार्टी एकताका सबै काम टुङ्गो लागेपछि पार्टी र सरकारका काम तीव्रगतिमा अघि बढ्ने उनको भनाइ थियो ।

Read More

दमौली: तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर आज बिहान एउटा चितुवा नियन्त्रणमा आएको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको हो । उक्त पोथी चितुवा छ/सात वर्षको र ३०/३५ किलो तौल रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षितरूपमा चितवन स्थानान्तरण गरिनेछ । चितुवाको आतङ्क बढेपछि यहाँका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर बनाइएको छ । भानु नगरपालिकामा सबैभन्दा बढी चितुवा आतङ्क छ । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको…

Read More

भरतपुर: चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु हो । बस नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Read More